Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि बजेट विनियोजन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि बजेट विनियोजन

  • 830
    SHARES
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि बजेट विनियोजन

    दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ४ सय श्यया बनाउन बजेट विनियोजन भएको र अर्थ मन्त्रालयबाट पत्र आइसकेको बताएका छन् ।

    images

    रिपोर्टस् क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमामा उनले उपत्यकाभन्दा बाहिर सात वटा विशिष्टीकृत अस्पताल बनाउने योजनाअनुसार प्रतिष्ठानलाई पनि त्यसमा जोड्न सफल भएको बताएका हुन् ।

    निकट भविष्यमा प्रतिष्ठानलाई छसय श्ययाको बनाउने गरी योजना अघि बढेको उनको भनाइ छ । दाङमा १८ वटा डायलासिस मेसिन ल्याउन सकिएको भन्दै यसको तत्काल जडानको प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए ।

    राज्यमन्त्री केसीले टरिगाउँ विमानस्थलको विकल्प खोज्ने विषय तत्काल आवश्यक नभएको बताए । ‘अहिले विकल्प कहाँ खोज्ने’, उनले भने, ‘बरु भएकैलाई स्तरवृद्धि गरौँ, यसमा म प्रतिबद्ध छु ।’

    यो विमानस्थलमा ७२ सिटे वा ४२ सिटे जहाज अवतरण गराउन सकिएमा ठूलो राहत हुने उनको भनाइ छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेको राज्यमन्त्री केसीले दाङ क्षेत्र नं-३ मा उम्मेदवारका लागि आफ्नो दाबी रहने बताए ।

    यसअघि आफू यही क्षेत्रबाट निर्वाचित भएकाले अहिले पनि स्वभाविकरूपमा दाबी रहने उनको भनाइ छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology