Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

सामाजिक सुरक्षा भत्ता बुझ्न जाँदा यातायात सुविधा

सामाजिक सुरक्षा भत्ता बुझ्न जाँदा यातायात सुविधा

  • 425
    SHARES
  • सामाजिक सुरक्षा भत्ता बुझ्न जाँदा यातायात सुविधा

    जुम्ला । जुम्लाको हिमा गाउँपालिका-१ ले सामाजिक सुरक्षाभत्ता बुझ्न जाने सेवाग्राहीलाई यातायात सुविधा दिन थालेको छ ।

    images

    सो वडाबाट सामाजिक सुरक्षा भत्ता लिन बैंकमा आउन करिब एक दिन लाग्ने र हिँडेर कठिन हुने भएकाले वडा कार्यालयले सबैलाई बैंकसम्म जान यातायात सुविधासहित सामाजिक सुरक्षाभत्ता बुझ्न तथा घर आउन सहजका लागि यतायाता सेवा उपलब्ध गराउन थालेको वडाध्यक्ष रतनबहादुर शाहीले जानकारी दिए ।

    वडाका ४ सय ५७ जनालाई सामाजिक सुरक्षाभत्ताका लागि बसको व्यवस्थापन गरी सेवा प्रदान गरिएको छ । वडाध्यक्ष शाहीले भने, ‘बालबालिका दुई सय ६१, ज्येष्ठ नागरिक एक सय ७३, एकल महिला १८ र अपाङ्गता भएका चार जनालाई गाडी रिजर्भ गरेर सेवा प्रदान गरिएको छ ।’

    मासिकरूपमा बैंकले तोकेको दिनमा अब वडापालिकाले सामाजिक सुरक्षाभत्ता पाउने नागरिकलाई यातायात सेवा निरन्तर दिने वडा कार्यालयले जनाएको छ । गाउँपालिका र बैंक टाढा भएकाले वडा कार्यालयले बस चढाएर बैंक पुर्‍याएपछि ज्येष्ठ नागरिक सहितका सेवाग्राही खुसी भएका छन् ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology