Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

अमेरिकी प्रथम महिलालाई पुनः कोभिड संक्रमण

अमेरिकी प्रथम महिलालाई पुनः कोभिड संक्रमण

  • भाद्र ९, २०७९ बिहिवार ०७:५६ बजे
  • 513
    SHARES
  • अमेरिकी प्रथम महिलालाई पुनः कोभिड संक्रमण

    वासिंगटन, एजेन्सी । अमेरिकी प्रथम महिला जिल बाइडेनलाई फेरि कोभिड पोजेटिभ भएको छ । जिललाई पुनः कोभिड भएको उनका सञ्चार निर्देशक कोल्सी दोनोहुले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् ।

    यसअघि मंगलबार जिल बाइडेनले नियमित परीक्षणको क्रममा नेगेटिभ देखिएको थियो । तथापि, डेलावेयरको रेहोबोथ बीचमा बुधबार गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो।

    प्रथम महिलालाई कुनै लक्षण नदेखिएको बताइएको छ । उनको नेगेटिभ परीक्षण नआउन्जेल उनी डेलावेरको फेम्ली बीचमा रहनेछिन् । 
     

     

  • सम्बन्धित विषय:

  • # कोभिड संक्रमण

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij