Logo

२०८०, चैत्र ६ गते मंगलवार

२०८०, चैत्र ६ गते मंगलवार

विद्यालय कर्मचारी परिषद्का अध्यक्ष तिवारीले भने– शिक्षा मन्त्रालयले औपचारिक पत्र काटेर वार्तामा बोलाउनुपर्छ 

विद्यालय कर्मचारी परिषद्का अध्यक्ष तिवारीले भने– शिक्षा मन्त्रालयले औपचारिक पत्र काटेर वार्तामा बोलाउनुपर्छ 

  • 6.4K
    SHARES
  • विद्यालय कर्मचारी परिषद्का अध्यक्ष तिवारीले भने– शिक्षा मन्त्रालयले औपचारिक पत्र काटेर वार्तामा बोलाउनुपर्छ 

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले औपचारिक रूपमा पत्र काटेर वार्तामा बोलाउनु पर्ने बताएका छन् ।

    images

    शिक्षा मन्त्रालयका अधिकारीहरूसँग शुक्रबार भएको वार्तालाई अनाैपचारिक छलफलको संज्ञा दिँदै अध्यक्ष तिवारीले मन्त्रालयले पत्र काटेर औपचारिक रूपमा वार्तामा बोलाउनु पर्ने बताए ।

    उनले वेबटिभी खबरसँग भने, ‘शिक्षामन्त्रालयसँग आज (शुक्रबार) अनाैपचारिक छलफल मात्र भएको हो । औपचारिक वार्ता भएको छैन । मन्त्रालयले पत्र काटेर हामीलाई औपचारिक रूपमा वार्तामा बोलाउनुपर्छ ।’

    यसअघि शिक्षा मन्त्रालयले आन्दोलनरत विद्यालय कर्मचारीसँग वार्ता गरिएको जनाएको थियो । उसले ‘विद्यालय कर्मचारीहरूका पेशागत माग र समस्याहरू शिक्षक महासंघमार्फत सम्बन्धि मन्त्रालयसँग वार्ता गरी समाधानको गर्ने निष्कर्षसहित वार्ता टुंगिएको छ,’ भनेको थियो ।

    अध्यक्ष तिवारीले आन्दोलनका पूर्वनिर्धारित कार्यक्रम यथावत् रहेको जनाएका छन् । उनले देशभरबाट राजधानी आएका विद्यालय कर्मचारीलाई विचलित नहुन पनि आग्रह गरेका छन् । 

    अनाैपचारिक छलफलमा विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी, महासचिव शान्तिनाथ योगी, नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदीलगायत थिए ।

    मन्त्रालयको तर्फबाट सहसचिव डा.हरि लम्साल, उपसचिव कुलप्रसाद खनाल र प्रवक्ता दिपक शर्मा रहेका थिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology