Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

शिक्षकको कुटाइबाट ६ कक्षामा अध्ययनरत छात्रा घाइते

शिक्षकको कुटाइबाट ६ कक्षामा अध्ययनरत छात्रा घाइते

  • 445
    SHARES
  • शिक्षकको कुटाइबाट ६ कक्षामा अध्ययनरत छात्रा घाइते

    काठमाडौं । महोत्तरीको औरही नगरपालिकास्थित प्रसाद माध्यामिक विद्यालययमा अध्यणरत एक छात्रा शिक्षकको कुटाइबाट घाइते भएकी छिन् ।

    images

    कक्षा-६ मा पढ्ने आरतीकुमारी महरालाई गृहकार्य नगरेको भन्दै शिक्षकले निर्ममतापुर्वक बाँसको लठ्ठीले हानेर घाइते बनाएको खुलेको छ ।अहिले ती छात्राको अस्पतालमा उपचार भइरहेको छ ।

    कक्षा-६ विज्ञान विषयका शिक्षक दिपेश यादवले गृहकार्य नगरेको भन्दै उनीमाती निर्घात कुटेको गरेको परिवारको आरोप छ । बलिकाको शरीरभरी लठ्ठीको सुम्ला छ ।यसैको पीडाले ज्वरो आएको उपचारमा सग्लन स्वास्थ्यकर्मीले जानकारी दिए ।

    विद्यालयले पनि शिक्षक यादवले कुटेको स्विकार गरेको छ । कुटाईपछि हो । हल्ला भएपछि-अभिभावक राखेर घटना गुपचुप बनाउन खोजेको अभिभावकहरूको गुनासो छ ।

    उनकी आमा सुन्दरकलाले भनिन्, ‘विद्यालयका प्रधानध्यापक शिवशरण यादवले हामीलाई बोलाएर उपचार खर्च भन्दै पैसा दिन खोजे । तर हामीले मानेनौँ ।’

    शिक्षक यादवको यातनाकै कारण बालिका त्रसित बनेकी छिन् । अरु विद्यालयमा भए पढ्ने तर त्यो विद्यालयमा अब नजाने भनेर छोरी चिच्याउँछिन ।

    प्रधानध्यापक शिवशरण यादवले  घटनामाथि छानबिन गरि कारबाही प्रक्रिया अगाडि बढाउने पीडित पक्षलाई आश्वासन दिएका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology