Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

दोर्दी गाउँपालिका अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेटवार्ता

दोर्दी गाउँपालिका अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेटवार्ता

  • 413
    SHARES
  • दोर्दी गाउँपालिका अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेटवार्ता

    काठमाडौं । लमजुङको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी र पाकिस्तानी राजदूत मिस्टर हाईदरसाहबीच भेटवार्ता भएको छ ।

    गाउँपालिका अध्यक्ष अधिकारीले पाकिस्तानी राजदूतावास भवनमै पुगेर उनीसँग भेट गरेका हुन् ।

    गाउँपालिका अध्यक्ष अधिकारीका अनुसार भेटमा आपसी सहयोगको विषयमा र नेपालको समसामयिक विषयमा छलफल भएको छ ।

    सो भेटका क्रममा पालिका अध्यक्ष अधिकारीले दोर्दी गाउँपालिका र जिल्लाको गतिविधि जानकारी गराउनुका साथै विकासका लागि सहयोग गर्न आग्रहसमेत गरेका छन् ।

    त्यस्तै राजदूत हाईदरशाहले साथ सहयोग आगामी दिनमा पनि जारी रहने बताए । पालिका अध्यक्ष अधिकारी र पाकिस्तानी राजदूतबीच एक आपसमा सम्पर्क बढाई भोलिका दिनमा सम्बन्धलाई राम्रो बनाउँदै लैजाने सहमति समेत भएको छ ।

    उक्त भेटका क्रममा पाकिस्तानी राजदूतले दोर्दी गाउँपालिकाको प्रयोजनका लागि ५ थान कम्प्युटर उपलब्ध गराएका छन् ।

    राजदूत हाईदरशाहले पालिका अध्यक्ष अधिकारीले हस्तान्तरण गरेका थिए । राजदूतलाई पालिका अध्यक्ष अधिकारीले कम्प्युटर सहयोग गरेको भन्दै धन्यावाद व्यक्त गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij