Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

अविरल वर्षाले ग्रामीण सडक अवरूद्ध

अविरल वर्षाले ग्रामीण सडक अवरूद्ध

  • 404
    SHARES
  • अविरल वर्षाले ग्रामीण सडक अवरूद्ध

    सिन्धुपाल्चोक । केही दिन यता परेको वर्षाले सिन्धुपाल्चोकका अधिकांश ग्रामीण सडक अवरूद्ध बनेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसँग जोडिएका ग्रामीण सडक अवरूद्ध बनेका हुन् ।

    मेलम्ची, तिपेनी, भोताङ मोटर बाटोको ठाउँठाउँमा पहिरो जाँदा पाँच पोखरी गाउँपालिकाका स्थानीयवासीले सास्ती व्यहोर्नु परेको गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले जानकारी दिए ।

    गाउँपालिकाले पहिरो पन्छ्याउने कार्य गरिरहेपनि यातायात सञ्चालन भने हुन सकेको छैन् । अरनिको राजमार्ग बाह्रबिसे-कोदारी लोकमार्गका विभिन्न खण्डमा पहिरोले बाटो अवरूद्ध भएको छ ।

    स्थानीय राम थापाका अनुसार बलेफी-जलबिरे, जलबिरे-कात्तिके-तेम्बाथान सडकमाथिबाट पहिरो आउने र तलबाट भासिने भएपछि आवागमनमा समस्या भएको छ ।

    बाह्रबिसेदेखि त्रिपुरासुन्दरी गाउँपालिकाको पिस्कर जोड्ने सडक भासिने र पहिरो जाने भएपछि तीन दिनअघिबाट सडक बन्द भएको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले जानकारी दिए । स्थानीयवासीका अनुसार पहिरोले १२ वटै स्थानीय तहको सडकमा ठाउँ ठाउँमा क्षति गरेको छ ।

    सडकमा पहिरो झर्दा कतिपय ठाउँमा पूर्णरूपमा बन्द भएको र कतिपय ठाउँ जोखिमपूर्ण भएकाले यसको मर्मत सम्भारको लागि पहल गरिरहेको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले बताए । सडकमा पहिरो झर्दा स्थानीयवासीलाई बजारसम्म आउजाउ गर्नसमेत समस्या भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij