Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

पद्मश्री साहित्य पुरस्कार अर्को भोरलाई

पद्मश्री साहित्य पुरस्कार अर्को भोरलाई

  • भाद्र १६, २०७९ बिहिवार २१:१३ बजे
  • 488
    SHARES
  • पद्मश्री साहित्य पुरस्कार अर्को भोरलाई

    काठमाडौं । यस वर्षको पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको अर्को भोरलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

    images

    खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानको निर्णायक समितिको निर्णय अनुसार २०७८ को पद्मश्री साहित्य पुरस्कार कथाकार ज्ञवालीको अर्को भोर कथासङ्ग्रहलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

    २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

    त्यस्तै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने विशिष्ट साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।

    यसै वर्षदेखि प्रतिष्ठानले समाजलाई गौरवपूर्ण योगदान दिने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई पद्मश्री गौरव पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

    प्राप्त १४४ पुस्तकबाट पहिलो चरणमा १५ ओटा र दोस्रो चरणमा पाँच ओटाको संक्षिप्त सूची यसअघि प्रकाशन भइसकेको छ ।

    यस वर्ष पद्मश्री साहित्य पुरस्कारको निर्णायक समितिका संयोजक राम लोहनी र निर्णायक सदस्य नयनराज पाण्डे र कुमारी लामा रहेका थिए ।

    यसैगरी पद्मश्री साधना सम्मान तीसको दशकदेखि नेपाली आधुनिक कथाका क्षेत्रमा महङ्खवपूर्ण योगदान दिने कथाकार माया ठकुरीलाई अर्पण गर्ने निर्णय गरिएको छ । 

    यसै वर्षबाट सुरु गरिएको पद्मश्री गौरव पुरस्कार लाखौं मानिसलाई आँखाको ज्याति प्रदान गर्ने नेत्र चिकित्सक डा. सन्दुक दिइनेछ। पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन ओटैको राशी तीन लाख रहेको छ ।

    तीन ओटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैं कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिन्छ। 


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology