वेबटिभी खबर
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उप–महासचिव जनार्दन शर्माबीच एउटै सार्वजनिक मञ्चमा सवाल–जवाफ भएकाे छ ।
बुधबार अखिल क्रान्तिकारीको कार्यक्रममा प्रचण्ड र शर्माबीच सवाल–जवाफ भएकाे हाे ।
कार्यक्रममा जनार्दन शर्माले आफू अध्यक्ष प्रचण्डको सबैभन्दा कडा आलोचक र सबै भन्दा ठूलो रक्षक भएको बताएका थिए । जनार्दनलाई जवाफ दिँदै प्रचण्डले उनलाई (जनार्दन) रक्षा गर्न र हुर्काउन पनि आफ्नाे मुख्य भूमिका रहेकाे बताए ।
प्रचण्डले भने, ‘जनार्दनले जाँदा जाँदै भन्नुभयो नीति र नेतृत्वको रक्षाको कुरा, जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो ।’
प्रचण्डले अबको आफ्नो सपना पार्टीमा राम्रो उत्तराधिकारी तयार बनुन् भन्ने रहेको समेत बताए ।
भिडियाे
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij