Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष र नेपालका लागि श्रीलंकाली राजदूतबीच भेटवार्ता

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष र नेपालका लागि श्रीलंकाली राजदूतबीच भेटवार्ता

  • 448
    SHARES
  • गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष र नेपालका लागि श्रीलंकाली राजदूतबीच भेटवार्ता

    काठमाडौं । नेपालका लागि श्रीलंकाली राजदूत महामहिम हिमाली अरुणतिलका तथा कन्सुलर निलुसा दिलमिनीले गैरआवासीय नेपाली संघको कार्यालयममा भ्रमण गरेका छन् ।

    images

    यस अवसरमा उनलाई संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष रविना थापालगायत पदाधिकारी तथा प्रमुख कार्यकारी अधिकृतले सचिवालयमा स्वागत गरेका थिए ।

    राजदूत अरुणतिलकाले खासगरी नेपालमा संघको स्थापना, उद्देश्य तथा यसको विश्वव्यापी संजालको विषयमा चासो व्यक्त गरेकी थिइन् । श्रीलंकामा पनि यस्तै छाता संगठनमार्फत गैरआवासीयलाई एकीकृत गरी विकास साझेदारको मुल प्रवाहमा कसरी ल्याउन सकिन्छ भन्नेमा उनको भ्रमण केन्द्रित थियो ।

    राजदूत अरुणतिलकाले गैरआवासीय नेपाली संघले आफ्नो सञ्जाल विस्तार गर्न र नेपालको समृद्धिमा सहयोगको लागि गरेको प्रयास सिक्न लायक भएको प्रशंसा गर्दै आगामी दिनमा आफ्नो मुलुकमा पनि यस्तै सञ्जाल बनाउने अभियानमा श्रीलंकाको सरकार प्रयासरत रहने बताएकी थिइन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology