Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

तलबभत्ता प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको मिलेमतोमा कटौती गरिएकाे शिक्षकहरूकाे आरोप

तलबभत्ता प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको मिलेमतोमा कटौती गरिएकाे शिक्षकहरूकाे आरोप

  • 8.1K
    SHARES
  • तलबभत्ता प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको मिलेमतोमा कटौती गरिएकाे शिक्षकहरूकाे आरोप

    काठमाडौं । माध्यमिक विद्यालय शिक्षण युनियन (हिस्टुन) ले विभिन्न माग राख्दै दबावमूलक कार्यक्रम अघि सारेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै हिस्टुनले भदौ २६ देखि विभिन्न दबावमूलक कार्यक्रम गर्ने जनाएको छ ।

    images

    भदौ २६ र २७ गते संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदलाई ज्ञापनपत्र बुझाइनेछ । भदौ २८ गते साबिक उच्च माविका देशैभरका शिक्षकहरूले हातमा कालोपट्टी बाँधेर अध्यापन गराउने, भाद्र ३० गते पेनडाउन गर्ने र त्यसको सुनुवाइ नभए संघीय चुनावपछि देशभरका शिक्षकको उपस्थितिमा भौतिक आन्दोलन गर्ने तयारीसमेत गरिएको छ ।

    सरकारले कक्षा ११ र १२ को पढाइ निःशुल्क भने तापनि उक्त विषय कार्यान्वयन नभएको र साबिक उमाविमा कार्यरत शिक्षकहरूको व्यवस्थापनबारे पनि चासो नदिएको भन्दै हिस्टुनले दबावमूलक कार्यक्रम आयोजना गरेको महासचिव टीकाप्रसाद न्यौपानेले बताए । सरकार अहिले संघीय ऐन बनाउने तयारीमा रहेकाले शिक्षक व्यवस्थापनको विषयलाई ऐनमा समेट्नुपर्ने उनको भनाइ छ ।

    ‘सरकारले कक्षा ११ र १२ लाई माध्यमिक तह भनेको छ, अझ निःशुल्क शिक्षा भनेको पनि छ, न त त्यसको कार्यान्वयन छ, न त साबिक उमाविमा कार्यरत शिक्षकहरूको विषयमा सरकारले कुनै चासो देखाएको छ,’ उनले भने । यस विषयमा विभिन्न दबावमूलक कार्यक्रम गर्दै आन्दोलनसमेत चर्काउने न्यौपानेले बताए । 

    देशभर साधारण दरबन्दी र अनुदानमा कार्यरत ६ हजार शिक्षकहरूले पाउने तलबभत्तासमेत प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको मिलेमतोमा कटौती गरेको हिस्टुनको आरोप छ ।

    01.jpg
     
    02.jpg
     

    1.jpg

    edu.jpg

    edu.jpg

    edu.jpg

    04.jpg
     

    edu.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology