Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

प्रधानाध्यापकमाथि दुर्व्यवहार घटनामा बोल्यो परिषद्, कसले गर्‍यो दुर्व्यवहार ?

प्रधानाध्यापकमाथि दुर्व्यवहार घटनामा बोल्यो परिषद्, कसले गर्‍यो दुर्व्यवहार ?

  • 1.8K
    SHARES
  • प्रधानाध्यापकमाथि दुर्व्यवहार घटनामा बोल्यो परिषद्, कसले गर्‍यो दुर्व्यवहार ?

    काठमाडौं । विद्यालयमा राजनीतिक क्रियाकलाप र प्रधानाध्यापकमाथि दुर्व्यवहार घटनाको नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले निन्दा गर्दै घटनामा संलग्नलाई कडा कारबाहीकाे माग  गरेको छ । परिषद्ले आज बिहीबार विज्ञप्ति जारी गर्दै साे माग गरेकाे हाे ।

    images

    बुधबार डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीप्रसाद शर्मा ढकाललाई अखिल (क्रान्तिकारी) मोहन वैद्य किरण समूहका विद्यार्थी भनिने समूहले विहानी सत्रतर्फ कक्षा ११ र १२ को पठनपाठन भइरहेको समयमा प्रधानाध्यापकको कार्य कक्षामा आई नागरिकता विधेयक, एमसीसी लगायतका विषयमा प्रशिक्षण र आन्दोलनका लागि कक्षा लिनुपर्ने भनी पूर्व जानकारीविना अनावश्यक दबाव दिएको र उक्त कार्यलाई पढाई भइरहेको समयमा नगर्न र गर्नै पर्ने हो भने पढाई सम्पन्न वा अन्तिम घण्टीमा सो कार्य गर्न सकिने भन्दा उनीहरूले तत्काल नै समय उपलब्ध गराउनुपर्छ नत्र कारबाही गर्छौं भनी बाहिर निस्किएको र पुनः प्रअको कार्यकक्षमा प्रवेश गरी आर्थिक सहयोगको मागपत्र हातमा राख्दै एक्कासी कालोमोसो दल्ने दुष्कर्म गर्दै अझ थप कारबाही गर्छौं भनी विद्यालयबाट बाहिरिएका थिए ।

    उक्त घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ याेगीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अमानवीय असभ्य, निकृष्ट र निन्दनीय कार्यप्रति घोर भर्त्सना तथा खेद प्रकट गरिन्छ । यस्ता आपराधिक तत्त्वलाई तत्काल कानुनी कारबाहीका लागि सरकारसमक्ष माग गर्दै यस प्रकारको कुनै पनि जघन्य अपराध नगर्न नगराउनसमेत सचेत गरिन्छ ।’

    304835220_2288313914672254_7228824169089692389_n.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology