Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

शिक्षा मन्त्रालयद्वारा शिक्षाको सोचपत्र–२०७९ सार्वजनिक

शिक्षा मन्त्रालयद्वारा शिक्षाको सोचपत्र–२०७९ सार्वजनिक

  • 654
    SHARES
  • शिक्षा मन्त्रालयद्वारा शिक्षाको सोचपत्र–२०७९ सार्वजनिक

    काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाको सोचपत्र–२०७९ सार्वजनिक गरेको छ ।

    images

    मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले शिक्षासम्बन्धी दीगो विकास लक्ष्यलाईसमेत मध्येनजर गर्दै शिक्षामा आमूल परिवर्तन समसामयिक सुधार गर्नका लागि तयार गरिएको सोचपत्र सार्वजनिक गरेकाे हाे ।

    सोचपत्रमा शिक्षा नीतिले तोकेका १३ उद्देश्य समावेश गरिएको छ ।

    प्रारम्भिक बाल विकास, विद्यालय शिक्षा, उच्च र प्राविधिक शिक्षा, १५ वर्षमा गरिने रूपान्तरणको क्षेत्र र अपेक्षित उपलब्धि तथा सुधारका कार्यहरू सोचपत्रमा समावेश गरिएको शिक्षामन्त्री देवेन्द्र पौडेलले बताए ।

    उनले गत आर्थिक वर्षमा शिक्षा सेवा आयोगको नियमावली ११ औं संशोधन भएको, दश वर्षे विद्यालय शिक्षा क्षेत्र योजना स्वीकृतलगायतका काम भएको जानकारी दिए ।

    भूकम्पबाट क्षति भएका ७ हजार ५ सय ८३ विद्यालयमध्ये थप ६६१ बिद्यालयको निर्माण कार्य सम्पन्न भइ हालसम्म कूल ७ हजार २ सय ७५ विद्यालयको पुनर्निर्माणको काम सम्पन्न भएको मन्त्री पौडेलकाे भनाइ छ ।

    उनले करिब २७ हजार सार्वजनिक विद्यालयमध्ये १३ हजार विद्यालयहरूको भौतिक पूर्वाधारहरू तुलानात्मक रूपमा बनेको बताए । बाँकी विद्यालयको भौतिक पूर्वाधारहरू तीन वर्षभित्र निर्माण गरिने उनको भनाइ छ ।​

    उनले १० वर्षमा ११ प्रतिशत शिक्षण सिकाइमा प्रगति भएको बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology