Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

युक्रेनविरुद्ध पुटिनको घोषणाप्रति रुसभर प्रदर्शन

युक्रेनविरुद्ध पुटिनको घोषणाप्रति रुसभर प्रदर्शन

  • 333
    SHARES
  • युक्रेनविरुद्ध पुटिनको घोषणाप्रति रुसभर प्रदर्शन

    एजेन्सी, मस्को । युक्रेनमा लड्नका लागि नागरिकहरूलाई आंशिक परिचालन गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणाविरुद्ध रुसभर प्रदर्शन भएको छ । प्रदर्शनमा १३ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको एक प्रहरी अनुगमन समूहले जनाएको छ । 

    images

    राष्ट्रका नाममा पुटिनको बुधबार बिहानको सम्बोधनपछि देशभरका ३८ विभिन्न शहरमा प्रदर्शनमा उत्रिएकामध्ये कम्तीमा १३३२ जनालाई हिरासतमा लिएको ओभीडी सूचना अनुगमन समूहले जनाएको छ ।

    बुधबारको प्रदर्शन फेब्रुवरीमा युक्रेनमा मस्कोको सैन्य हस्तक्षेपको घोषणापछिकै सबैभन्दा ठूलो प्रदर्शन हो । प्रहरीले राजधानी मस्कोको मुख्य किनमेल सडकबाट ५० जनालाई नियन्त्रणमा लिएको समाचार संस्था एएफपीले जनाएको छ ।

    प्रदर्शनकारीहरुले ‘परिचालन होइन’ भन्दै नारा लगाएका थिए । यसैबीच, बुधबार टेलिभिजन सम्बोधनमा पुटिनले मस्कोले युक्रेनमा उपलब्ध सबै सैन्य साधन प्रयोग गर्ने चेतावनी दिएपछि रक्षामन्त्री सर्गेई शोइगुले रुसले सुरुमा करिब ३ लाख जना परिचालन गर्ने बताएका छन् ।

    आंशिक सैन्य परिचालनको अमेरिकालगायत पश्चिमा देशले विरोध गरेका छन् ।
     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology