Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

शुक्रबारबाट प्रेमगीत-३ विश्वभर प्रदर्शन हुँदै

शुक्रबारबाट प्रेमगीत-३ विश्वभर प्रदर्शन हुँदै

  • 307
    SHARES
  • शुक्रबारबाट प्रेमगीत-३ विश्वभर प्रदर्शन हुँदै

    काठमाडौं । नेपाली चलचित्र प्रेमगीत-३ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै छ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमाघर हाउस फुल हुने देखिएको छ ।

    images

    अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।

    चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ । बिहीबार प्रिमियर-शो गर्ने तयारी भइरहेका बेला शुक्रबारदेखि शोका लागि उत्साहका साथ टिकट बुकिङ भइरहेको निर्देशक सेनले बताए ।

    केही दिनका लागि शो हाउस फुल हुने गरि टिकट बुकिङ भइसकेको र बुकिङमा भारतीय दर्शकको उत्साह देखिएको उनले बताए । केही दिनयता भारतमा रहेको अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरूङसँगको अन्तर्वार्तालाई भारतीय सञ्चार माध्यमहरूले प्राथमिकता दिएका थिए ।

    मनोरञ्जन क्षेत्रको निकै चर्चित भारतीय टेलिभिजन जूमले प्रदीप र क्रिष्टिनासँँग प्रेमगीत-३ बारेमा अन्तर्वार्ता लिएको थियो । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचिच प्रेमगीत-३ हिन्दी भाषामा समेत प्रदर्शन हुन लागेको हो ।

    भारतमा फिल्मलाई जी-म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो ।

    प्रदीप खड्का, क्रिस्टिना गुरूङको मुख्य भूमिका रहेको प्रेम गीत-३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरूङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।

    git.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology