Logo

२०७९, मंसिर १८ गते आइतवार

२०७९, मंसिर १८ गते आइतवार

images

विद्यालय कर्मचारीलाई अध्यक्ष तिवारीले भने– निराश नहुनु, सरकारसँग लडाइँ जारी

विद्यालय कर्मचारीलाई अध्यक्ष तिवारीले भने– निराश नहुनु, सरकारसँग लडाइँ जारी

  • 3.4K
    SHARES
  • विद्यालय कर्मचारीलाई अध्यक्ष तिवारीले भने– निराश नहुनु, सरकारसँग लडाइँ जारी

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समिति अध्यक्ष गंगाराम तिवारीले देशभरका सम्पूर्ण विद्यालय कर्मचारीलाई हतास र निराश नहुन आग्रह गरेका छन् ।

    images

    आन्दोल सुरु भएको डेढ महिना बित्न लागेको र सरकारसँग कुनै सहमति नुहँदा विद्यालय कर्मचारीले नेतृत्वमाथि प्रश्न उठाएपछि अध्यक्ष तिवारीले विद्यालय कर्मचारीलाई सो आग्रह गरेका हुन् । 

    अध्यक्ष तिवारीले सरकारले आफूहरूका माग सम्बोधन नगरेसम्म सधैं आन्दोलन र दबाव दिइरहने बताए । उनले आन्दोलनको स्वरूप मात्र बदलिने तर आन्दोलन भइरहने उल्लेख गरेका छन् । 

    अध्यक्ष तिवारीले भने, ‘हाम्रा पेसागत माग मुद्दा लिएर हामी हिजो पनि लागेकै थियौं । आज पनि लागेका छौं । भोलि पनि लाग्ने नै छौं । तसर्थ साथीहरू हतास, निराश नभइदिनु होला ।’  

    उनले सबै विद्यालय कर्मचारीको बलमा सरकारसँग लड्न सक्ने बताउँदै लडाइँ निरन्तर जारी रहेको बताए । उनले समय लागे पनि विद्यालय कर्मचारीको मागको टुंगो लगाउने बताए ।

    ‘तपाईंहरूको बलले गर्दा नै हामी लड्न सक्ने हो । सरकारसँग निरन्तर हाम्रो लडाइँ जारी छ । समय लाग्ला तर टुंगो लगाउने नै छौं,’ अध्यक्ष तिवारीले भने ।

    सरकारको रबैयाबाट चाडबाडकाे मुखैमा विद्यालय कर्मचारी निराश सरकारको रबैयाबाट चाडबाडकाे मुखैमा विद्यालय कर्मचारी निराश  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology