Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

समानुपातिकमा नाम राखेकोमा कांग्रेस नेता बस्नेतको आपत्ति

समानुपातिकमा नाम राखेकोमा कांग्रेस नेता बस्नेतको आपत्ति

  • 309
    SHARES
  • समानुपातिकमा नाम राखेकोमा कांग्रेस नेता बस्नेतको आपत्ति

    काठमाडौं । नेपाली कांग्रेस उदयपुरका पूर्वसभापति विदुर बस्नेतले समानुपातिकतर्फ आफ्नो नाम राखिएकोमा आपत्ति जनाएका छन् ।

    समानुपातिकमा आफ्नो दाबी नरहेको र कुनै पनि क्षेत्रबाट सिफारिस समेत नभएको अवस्थामा समानुपातिकको बन्दसूचीमा नाम राखिएको भन्दै आपत्ति जनाएका हुन् ।

    उनले सूचीबाट नाम तत्काल हटाउन विज्ञप्तीमार्फत माग गरेका छन् ।

    तीन पटकसम्म पार्टीको जिल्ला सभापति भएका बस्नेत उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदवारीको दावी गर्दै आएका छन् ।

    उनले सो क्षेत्रबाट प्रत्यक्षबाहेक अन्य कुनै पनि दावी नरहेको प्रष्ट पारेका छन् । बन्दसूचीमा नाम समावेश गर्नु अघि आफुलाई एकपटक पनि नसोधिएको उनको भनाइ छ ।

    उनले भने, ‘कहीँ कतैबाट मेरो नाम सिफारिस नै नभएको अवस्थामा कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा मेरो नाम पनि रहेको बाहिर आएको हुँदा म आश्चर्यचकित भएको छु ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij