Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

मुगुमा बजार अनुगमन तीव्र

मुगुमा बजार अनुगमन तीव्र

  • 367
    SHARES
  • मुगुमा बजार अनुगमन तीव्र

    काठमाडौं । चाडबाड नजिकिँएसँगै मुगु सदरमुकाम गमगढी बजार क्षेत्रमा बजार अनुगमनले तीव्रता पाएकाे छ ।

    उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुको आयोजनामा जिल्ला प्रशासन कार्यालय, छायाँनाथ-रारा नागरपालिका, जिल्ला प्रहरी कार्यालय, पशु कार्यालय, नागरिक समाज तथा सञ्चारकर्मीलगायत निकायको संयुक्त सहभागीतामा आइतबार र सोमबार बजार अनुगमन गरिएको छ ।

    वर्षभरि चुपचाप बस्ने यी निकायले चाडबाड लागेपछि भने बजार अनुगमनलाई तीव्रता दिएका छन् । प्रशासनले दसैँ, तिहार, छठ जस्ता पर्वमा उपभोक्ता नठगिउन भनेर अनुगमन गरेको दाबी गरेको छ ।

    अनुगमनका क्रममा म्याद सकिएको खाद्यान्न फेला परेका छन् । करिब एक दर्जनभन्दा बढी पसल अनुगमन गर्दा यी अखाद्य वस्तु बरामद गरेको हो । बरामद सामान नष्ट गरिएको छ । पेय पदार्थ, चक्लेट, हर्लिक्स, मसला, बेसारलगायत वस्तुको म्याद सकिएको फेला परेको अनुगमन टोलीले जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर रोकाया, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगका कार्यालय प्रमुख कृष्णबहादुर बोहोराको नेतृत्वमा गरिएको अनुगमन टोलीले यहाँका सानादेखि ठूला सबै पसलमा बेचिने दैनिक उपभोग्य वस्तुको ‘म्यान्युफ्याक्चर डेट’ र ‘एक्सपायर डेट’ जाँच  गरेको थियो ।

    टोलीले यहाँका निजी औषधि पसलमा पनि अनुगमन गरेको थियो । साना तथा ठुला पसलमा म्याद नाघेका विभिन्न खाद्यान्न बरामद गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुका कार्यालय प्रमुख कृष्णबहादुर बोहोराले बताए ।

    नागरिक समाज मुगुका अध्यक्ष रूपबहादुर मल्लले सरोकारवाला निकायले अनुगमनमा तीन-तीन महिनामा गरिनुपर्ने बताए । अनुगमनमा बजारका करिब दुईदर्जन भन्दा बढी पसलमा अनुगमन गरिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij