Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

बुर्किना फासोमा ५० सर्वसाधारण बेपत्ता

बुर्किना फासोमा ५० सर्वसाधारण बेपत्ता

  • 254
    SHARES
  • बुर्किना फासोमा ५० सर्वसाधारण बेपत्ता

    उगादुगुउ । उत्तरी बुर्किना फासोमा सोमबार भएको आक्रमणमा परी ११ जना सैनिकको मृत्यु भएको बुर्किना फासो सरकारले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ ।

    images

    जिबो शहरतर्फ जाँदै गरेको एक आपूर्ति समूहलाई साहेल क्षेत्रको साउम प्रान्तको गास्किन्देको कम्युननजिक आतंकवादीहरूले आक्रमण गरेका थिए ।

    ‘११ सैनिकको मृत्यु भएको छ । २० सैनिकसहित २८ जना घाइते भएका छन् र करिब ५० जना सर्वसाधारण बेपत्ता भएका छन् । आक्रमणकारीहरूको खोजी जारी रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    बुर्किना फासोमा २०१५ यता सुरक्षा अवस्था बिग्रिएको छ । पश्चिम अफ्रिकी यस राष्ट्रमा भएका आक्रमणमा ११ सयभन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।

    १९ लाख भन्दा बढी अन्य विस्थापित भएका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology