Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

ताप्लेजुङमा पाथीभरा म्याराथन सुरु

ताप्लेजुङमा पाथीभरा म्याराथन सुरु

  • 281
    SHARES
  • ताप्लेजुङमा पाथीभरा म्याराथन सुरु

    ताप्लेजुङ । ताप्लेजुङमा पाथीभरा म्याराथन प्रतियोगिता सुरु भएको छ । ताप्लेजुङ पर्यटन महत्सवको अवरमा हिमालयन गाइड्सले पाथीभरा म्याराथन प्रतियोगिताको आयोजना गरको हो ।

    images

    पुरुष म्याराथनतर्फ एक सय ३५ धावक र हाफ म्याराथन महिलातर्फ २४ धावक सहभागी छन् । धावकले सदरमुकाम फुङलिङको वीरेन्द्र चोकबाट तोक्मेडाँडा, सुकेटार, देउराली, काफ्लेपार्टी, माथिल्लो फेदी हुँदै पाथीभरा मन्दिर परिक्रमा गरी त्यही मार्ग भएर तोक्मेडाँडा आइपुग्नुपर्ने छ ।

    हाफ महिला म्याराथनतर्फ पनि यही मार्गको काफ्लेपाटी पुगेर फर्किनुपर्ने म्याराथन सञ्चालन समितिका संयोजक यिगेन्द्र गुरुङले बताए । खुलातर्फ प्रथम पुरस्कार एक लाख ५१ हजार, द्वितीयलाई एक लाख ११ हजार र तृतीयलाई ५१ हजार तथा महिलातर्फ प्रहिलोलाई ८१ हजार, द्वितीयलाई ५१ र तृतीयलाई ३१ हजार प्रदान गरिने छ ।

    विसं २०७६ मा ताप्लेजुङमा पाथीभरा म्याराथन प्रतियोगिता सम्पन्न भएको थियो । त्यसयता कोभिड-१९ का कारण प्रतियोगिता हुन सकेको थिएन ।

    २०७६ मा खुलातर्फ सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका सुमन कुलुङले चार घण्टा १३ मिनेट २७ सेकेण्डमा निधारित दूरी पार गर्दै उपाधि जितेका थिए । महिलातर्फ जुम्लाको पातारासी गाउँपालिकाकी सुनमाया बुढा क्षेत्रीले निर्धारित दूरी तीन घण्टा ३८ मिनेटमा पूरा गर्दै प्रथम भएकी थिइन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology