Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

यू-१७ पुरुष फुटबल टिम घोषणा

यू-१७ पुरुष फुटबल टिम घोषणा

  • 274
    SHARES
  • यू-१७ पुरुष फुटबल टिम घोषणा

    काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोट खेल्ने नेपाली टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भियतनाममा अक्टोबर पहिलो साता हुने प्रतियोगिताको लागि खेलाडी छनोट गरेका हुन् ।

    images

    श्रेष्ठले श्रीलंकामा सम्पन्न साफ यू-१७ च्याम्पियनसीप खेलेको टोलीमा दुई खेलाडी परिवर्तन गर्दै टोली घोषणा गरेका हुन् । यसअघि टिममा रहेका मिराक लिङ्देन र प्रितम कार्कीले एएफसीय यू-१७ एसियन कप छनोटका लागि घोषित टिममा स्थान बनाउन सकेनन् ।

    टोलीमा श्रेयान्स मानन्धर र राम थापाले स्थान बनाउँदा अन्य २१ खेलाडी भने यथावत छन् । ५ अक्टोबरदेखि सुरू हुने प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ ।

    नेपालको समूहमा घरेलु टिम भियतनाम, चाइनिज ताइपेइ र थाइल्यान्ड छन् । नेपालले ५ अक्टोबरमा थाइल्यान्डविरूद्ध खेल्दै प्रतियोगिताको सुरूवात गर्नेछ ।

    ७ अक्टोबरमा हुने दोस्रो खेलमा नेपालले घरेलु टिम भियतनामको सामना गर्नेछ । त्यस्तै समूह चरणको अन्तिम खेलमा नेपालले अक्टोबर ९ मा चाइनिज ताइपेइविरूद्ध खेल्नेछ ।

    नेपाली टिम :

    गोलकिपर : कृशल मोक्तान, समिर चन्द,रूवेन बोगटी

    रक्षक : अश्विन घोरासैनी, सिमन्ता थापा, मदन पौडेल, दीपक थापामगर, निशान्त तामाङ, युनिस मगर, विक्रम तामाङ, श्रेयान्स मानन्धर, धिरज विश्वकर्मा, राम थापा

    मिडफिल्डर : प्रशान्त लक्षम, सरोज दर्लामी, हरिसराज भट्ट, लछु थापा, युनेस बुढाथोकी

    फरवार्ड : निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology