Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

द्वन्द्व र जलवायु परिवर्तनका कारण खाद्य संकट

द्वन्द्व र जलवायु परिवर्तनका कारण खाद्य संकट

  • 272
    SHARES
  • द्वन्द्व र जलवायु परिवर्तनका कारण खाद्य संकट

    राेम । विश्व खाद्य संगठनले विश्वमा हालैका दिनमा बढ्दै गएको द्वन्द्व तथा विश्वमा संकटपूर्ण रूपमा देखिँदै आएको जलवायु परिवर्तनका कारण विश्वमा खाद्य संकट बढ्दै गएको पाइएको छ ।

    images

    विश्वमा अहिलेका तुलनामा आगामी दिनहरूमा खाद्यान्नको संकट बढ्दै जाने देखिएको चेतावनी सो संगठनले बुधबार दिएको हो ।

    विश्वमा अहिले खाद्यान्न संकटको समस्या दिन प्रतिदिन बढ्दै गएको पाइएको छ । त्यसका विभिन्न कारणहरू छन् । तीमध्ये विश्वका विभिन्न देशमा जारी रहेको आन्तरिक द्वन्द्व र जलवायु परिवर्तन पनि कारक रहेको सो संगठनले जनाएको हो ।

    विश्व खाद्य संगठनका महानिर्देशक क्यु दोङ्युले सो कुरा बताएका हुन् । उनले यसअघि पनि विश्वका विभिन्न देशहरूमा जारी रहेको आन्तरिक द्वन्द्व खाद्य संकटको कारक रहेकामा अहिले त्यसमा फेरि रूस र युक्रेन थपिएको बताए ।

    उनले रूस र युक्रेनको युद्धले गर्दा विश्वमा खाद्यान्न संकट बढ्दै गएको बताए । यी दुई देशका युद्धका कारण विश्वमा अन्य देशहरूमा खाद्यान्न आपूर्ति तथा उत्पादनकै क्षेत्रमा पनि संकट बढेको बताएका हुन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology