Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

तालिबानले रूससँग तेल, ग्यास र गहुँ खरिद गर्ने

तालिबानले रूससँग तेल, ग्यास र गहुँ खरिद गर्ने

  • 302
    SHARES
  • तालिबानले रूससँग तेल, ग्यास र गहुँ खरिद गर्ने

    काबुल । तालिबानले रूससँग गहुँ, ग्यास र तेल खरिद र आयात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

    images

    तालिबानका प्रवक्ताले पेट्रोल, डिजेल, ग्यास र गहुँ लगायतका उत्पादनहरू रूसी मुद्रामा विशेष छुट हुनेगरी खरिद गर्न लागेको खामा प्रेस समाचार एजेन्सीले जनाएको छ ।

    युक्रेन आक्रमण गरेपछि रूसमाथि लगाइएका प्रतिबन्धका कारण यो सम्झौता बताइएको छ । पश्चिमी देशहरूले रूस माथि  बन्देज लगाएपछि  मस्कोले आफ्नो निर्यात युरोपबाट एसियातर्फ सार्न बाध्य भएको छ।

    आर्थिक विकास, व्यापार र ट्रान्जिट तालिबान गत वर्ष अगस्टमा सत्तामा आएदेखि उच्च प्राथमिकतामा  राखेको छ । इस्लामिक समूहले यस क्षेत्रका देशहरूसँग कूटनीतिक र आर्थिक संलग्नता जारी राखेको छ ।

    यस वर्षको सुरुमा उच्चस्तरीय तालिबान प्रतिनिधिमण्डलले रूसको भ्रमण गरेपछि यो सम्झौता भएको हो । मस्को बाहेक, कयस क्षेत्रका देशका  थुप्रै कम्पनीहरूले अफगानिस्तानको निकासी उद्योग क्षेत्रमा लगानी गर्न चासो देखाएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology