Logo

२०७९, मंसिर १८ गते आइतवार

२०७९, मंसिर १८ गते आइतवार

images

भरतपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

भरतपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

  • 101
    SHARES
  • भरतपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

    चितवन । मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा खसेका व्यक्तिको ट्रकले कुल्चेर घटनास्थलमा नै मृत्यु भएको छ । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ सिमलतालमा ट्रकले कुल्चेर भरतपुर-२ बस्ने १९ वर्षीय महमद सकिल साहको घटनास्थलमा नै मृत्यु भएको हो ।

    images

    बिहीबार साँझ ६ः५० बजेको समयमा मुग्लिङबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०६-०१ प १९८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल पछाडि सवार साह सडकमा खसेका थिए । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको लु २ ख ५५ नम्बरको ट्रकले सडकमा खसेका साहलाई कुल्चिदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

    मोटरसाइकल चालक भरतपुर-२ बस्ने ३० वर्षीय अकवर साह भने सकुशल रहेको उनले बताए । ट्रक र ट्रक चालक स्याङजा गल्याङ नगरपालिका-८ बस्ने ३२ वर्षीय अर्जुन पचभैया मगरलाई इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology