Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीले ताेकिएकाे तलब पनि पाएनन्

इसीडी शिक्षक र विद्यालय कर्मचारीले ताेकिएकाे तलब पनि पाएनन्

  • 1.6K
    SHARES
  • इसीडी शिक्षक र विद्यालय कर्मचारीले ताेकिएकाे तलब पनि पाएनन्

    काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीले एउटै स्केलमा तलब पाएका छैनन् ।

    images

    संघीय सरकारले स्थानीय तहलाई ७ हजार तलब दिन भनेपनि स्थानीय तहले तलब नदिएको पाइएको हो ।

    संघीय सरकारले आर्थिक वर्ष २०७९/८० देखि इसीडी शिक्षकको लागि १० हजार पठाउँछ । तर कतिपय इसीडी क्षिकले ८ हजार रुपैयाँ मात्र पाउने गरेको बताएका छन् ।

    देशभरका इसीडी शिक्षक र विद्यालय सहयोगीले मासिक रूपमा क्रमशः १७ र १५ हजार रूपैयाँ पाउनुपर्छ भने विद्यालय लेखापालले २० हजार पाँच सय रूपैयाँ पाउनुपर्ने हुन्छ ।

    सरकारले गतवर्ष नै इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई ७ हजार रूपैयाँ थपेर तलब दिन आग्रह गरेको थियो । संघीय सरकारको उक्त भनाइ स्थानीय तहले कार्यान्वयन नगर्दा इसीडी शिक्षक र विद्यालय समस्यामा परेका छन् ।

    उनीहरूले समयोचित तलब एकमुष्ट रूपमा संघीय सरकारबाटै दिन माग गरेको वर्षौं भइसक्यो । स्थानीय तह/पालिकाहरूले आन्तरिक स्रोत कमजोर भएका कारण तलब दिन नसक्ने बताएका छन् ।

    तर कतिपय स्थानीय तहले संघीय सरकारले तोकेकोभन्दा बढी तलब पनि दिइरहेका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology