Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

इजरायल र हमासबीच द्वन्द्व जारी, तेल अभिभमा संकटकाल 

इजरायल र हमासबीच द्वन्द्व जारी, तेल अभिभमा संकटकाल 

  • 855
    SHARES
  • इजरायल र हमासबीच द्वन्द्व जारी, तेल अभिभमा संकटकाल 

    जेरुसेलम । इजरायल र प्यालेस्टिनी अरबबीच पछिल्लो शुक्रबारबाट सुरु भएको द्वन्द्व सोमबारबाट झन् चर्किएको छ । हिंसा बढेपछि इजरायलको राजधानी तेल अभिभनजिकै रहेको सहर लोदमा संकटकाल लगाएको छ । लोदका मेयरले सहरमा गृहयुद्धको जस्तो अवस्था बनेको बताएका छन् । 

    images

    मंगलबार राति गाजा पट्टीमा रहेको हमासका नेताको १३ तले आवासीय भवन हनादीमा इजरायली सेनाले आक्रमण गरी ध्वस्त बनाएपछि प्यालेस्टाइनको चरमपन्थी संगठन हमासले इजरायलको तेल अभिभलाई लक्षित गरी १३० वटा रकेट प्रहार गरेको दाबी गरिएको छ ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार इजरायलले गाजा पट्टीमा १३ तलाको अपार्टमेन्टमा आक्रमण गर्नुपूर्व नै त्यहाँ रहेका मानिसहरुलाई भवन बाहिर सुरक्षित स्थानमा जान चेतावनी दिइएको थियो ।

    इजरायली सेनाले भने आफ्नो इलाकामा रकेट हमला गरेको जवाफी कारबाहीमा गाजा क्षेत्रका चरमपन्थीहरूलाई निशाना बनाइरहेको बताएको छ । द्वन्द्वबाट इजरायलमा तीन जना र प्यालेस्टाइनमा बालबालिकासहित २८ जना मारिएका छन् । 

    al aqsa.jpg

    मंगलबार राति भएको द्वन्द्व बारे हमासले शत्रुले आफ्ना आवासीय भवनहरूलाई निशाना बनाएको प्रतिक्रियामा तेल अभिभ र आसपास रकेट प्रहार गरेको बताएको छ । तेल अभिभमा भएको आक्रमणको भिडिओ फुटेजमा हमासले प्रहार गरेको रकेटहरु इजरायली प्रतिरोधी मिसाइलले बीचमै नष्ट गरेको देखिन्छ । 

    इजरायली अधिकारीका अनुसार एउटा रकेट लागेर ५० वर्षीय महिलाको मृत्यु भएको छ । अर्को रकेट खाली बसमा पर्दा एक बच्चा र दुई महिला घाइते भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार रकेट हमलाको चेतावनीमा सायरनहरू बजिसकेपछि तेल अभिभमा रहेका मानिसहरु भाग्न थाले, रेस्टुरेन्टमा बसेका सबै बाहिर आए र धेरै मानिसहरू सडकमा सुते ।

    युद्ध बढेपछि अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई द्वन्द्व रोक्न अपिल गरेको छ । कूटनीतिज्ञहरूका अनुसार संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले बुधवार इजरायलको स्थितिबारे बैठकमा छलफल गर्नेछ ।

    संघर्षको सिलसिला जेरुसेलमा करिब एक महिनादेखि जारी अशान्तिपछि सुरु भएको हो । यसको सुरुवात पूर्वी जेरुसेलममा प्यालेस्टिनी बसेको अल अक्सा क्षेत्रलाई यहुदीले आफ्नो दाबी गर्दै उनीहरुलाई त्यहाँबाट निकाल्ने धम्की दिएपछि सुरु भएको हो । यसैकारण त्यहाँ रहेका मुस्मिल समुदायको बाहुल्यता रहेको क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदै आएको थियो ।

    तेल अभिभका उडानहरु स्थगित छन् । यस आक्रमणमा इजरायलका दुई सहरहरू बीचको तेल पाइपलाइनलाई पनि लक्षित गरिएको थियो ।

    प्रहरी तथा आपतकालीन सेवाकर्ताका अनुसार इजरायलका विभिन्न स्थानमा भएका हिंसाका श्रृंखलाबाट २ सय बढी प्यालेस्टिनी र १७ इजरायली प्रहरी घाइते भएका छन् । जेरुसेलमको अल अक्सा मस्जिदमा प्यालेस्टिनी मुस्लिमहरुलाई प्रवेश गर्न रोक लगाएपछि आक्रोशित भएका छन् ।

    शुक्रबार जेरुसेलमको अल अक्सा मस्जिदनजिक प्र्रदर्शनकारी र प्रहरीबीच कैयौंपटक झडप भएको थियो । अल अक्सामा यहुदी र इस्लामिक समुदायबीच पहिले देखि नै विवाद हुँदै आएपनि शुक्रबार भएको हिंसा पछिल्ला वर्षहरुमध्य सबैभन्दा गम्भीर थियो । 

    इजरायलका रक्षामन्त्री बेनी गान्ट्जले यो आक्रमण इजरायलको सुरुवात मात्र भएको बताएका छन् । इजरायलमाथि प्रहार गर्ने आतंकवादी संगठनहरु विरुद्ध इजरायलले आक्रमण जारी गान्ट्जको भनाइ छ ।

    हमासका नेता इस्माइल हानियाले इजरायलले द्वन्द्व रोजेपछि आफूहरु पनि तयार रहेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले प्यालेस्टिनी कट्टरपन्थी समूह हमासले पछिल्ला धेरै वर्षहरुमा पहिलोपटक जेरुसेलममा आक्रमण गरेर सीमा नाघेको बताएका छन् । 

    अल अक्सा इस्लामिक धर्मावलम्बिका लागि विश्वमै महत्वपूर्ण स्थल हो । गाजालाई नियन्त्रण गर्ने हमासले अल अक्सा मस्जिदलाई इजरायली आक्रमण र आतंकवादबाट जोगाउने कदम चालिरहेको बताएको छ ।

    सन् १९६७ मा भएको मध्यपूर्वी युद्धपछि इजरायलले पूर्वी जेरुसेलम नियन्त्रणमा लिएर पुरै सहरलाई आफनो राजधानी मान्दै आएको छ । तर त्यसलाई अन्तर्राष्ट्रिय समुदायले समर्थन गरेको छैन । प्यालेस्टाइनहरूले पूर्वी जेरूसेलमलाई भविष्यमा स्वतन्त्र देशको राजधानीको रूपमा लिन्छन् । 

    अक्टुबर २०१६ मा संयुक्त राष्ट्र संघको सांस्कृतिक निकाय युनेस्कोको कार्यकारी बोर्डले एक विवादित प्रस्ताव पारित गर्दै जेरुसेलममा रहेको ऐतिहासिक अल अक्सा मस्जिदमा यहुदीको दाबी गर्ने आधार नरहेको बताएको थियो ।

    युनेस्कोको कार्यकारी समितिले अल अक्सा मस्जिदमा इस्लामिक समुदायको अधिकार रहेको र यहुदीहरुको कुनै ऐतिहासिक सम्बन्ध नरहेको बताए पनि यहुदीहरूले यसलाई टेम्पल माउन्ट भन्दै आएका छन् र यसलाई यहूदीहरूको लागि महत्त्वपूर्ण धार्मिक स्थानको रूपमा लिइन्छ ।

    हमासले अल अक्सा र शेख जराह मस्जिदबाट प्रहरी हटाउन पहिलेदेखि नै इजरायलसँग आग्रह गर्दै आएको थियो । उसले दिएको समयसीमा सकिएपछि रकेट प्रहार गरेको बताएको छ ।

    सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा दुई हजार दुइ सय ५१ प्यालेस्टाइनी मारिएका थिए । यसपछि सन् २०१७ मा पनि इजरायली सेना र प्यालेस्टाइनबीच युद्ध भएको थियो । 

    किन भइरहेछ अल अक्सामा हिंसा ? किन भइरहेछ अल अक्सामा हिंसा ? इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्कियाे,  बालबालिकासहित २० को मृत्यु इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्कियाे, बालबालिकासहित २० को मृत्यु


  • सम्बन्धित विषय:

  • # इजरायल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology