Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

  • 377
    SHARES
  • नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

    काठमाडौं । मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको बेला धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको वृद्धि भएको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमलव ६२ अंकले उकालो लागेर एक हजार आठ सय ९८ दशमलव ३८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ८ दशमलव ७८ अंकले उकालो लागेर तीन सय ७२ दशमलव २१ मा पुगेको हो ।

    यसदिन कूल दुई सय २४ कम्पनीको २५ लाख ३३ हजार तीन सय ९३ कित्ता शेयर ८३ करोड ६८ लाख ७३ हजार एक सय ४० मूल्यमा कारोबार भयो । नेप्से परिसूचकमा उच्च अंकको वृद्धि भए पनि कारोबार रकममा भने प्रगति हुन नसकेको कारोबारबाट देखिन्छ ।

    नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । जीवन बीमा, विकास बैंक, निर्जीवन बीमा, लघुवित्त र उत्पादन उपसमूहको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको हो ।

    आइतबारको कारोबारपछि कूल पूँजीकरण २७ खर्ब २८ अर्ब ५५ करोड २० लाख ६० हजार दुई सय २२ बराबर कामय भएको छ । नेप्सेका अनुसार, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको २२ करोड ६९ लाख ८१ हजार सात सय ४४ बराबरको कारोबार भएको छ ।

    नबिल बैंकको ३ करोड ५१ लाख ९८ हजार चार सय २९, हिमालयन डिस्टिलरी २ करोड ३१ लाख ४४ हजार पाँच सय ७१, अपि पावर कम्पनी १ करोड ८९ लाख १७ हजार दुई सय ६९ र शिवम् सिमेन्टको १ करोड ७७ लाख ८४ हजार दुई सय ५४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

    नेप्सेका अनुसार, सप्तकोसी डेभलपमेन्ट बैंक ९.९५, उपकार लघुवित्त ९.८४, गुह्यश्वरी मर्चेन्ट बैंक ८.७०, मितेरी डेभलपमेन्ट बैंक ८.२३ र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.९७ प्रतिशतले कमाएका छन् ।

    यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक चार दशमलव ४८, आरबीबी म्युचुअल फण्ड एक एक दशमलव ९७, सिद्धार्थ यन्भेस्टमेन्ट ग्रोथ स्किम एक दशमलव ९६, सिटिजन म्युचुअल फण्ड एक एक दशमलव ८३ र नबिल ब्यालेन्स फण्ड दोस्रोका लगानीकर्ताले एक दशमलव ८० प्रतिशतले गुमाएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij