Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

गोलबजारबाट हराएका युवकको शव गेस्टहाउसमा फेला

गोलबजारबाट हराएका युवकको शव गेस्टहाउसमा फेला

  • 344
    SHARES
  • गोलबजारबाट हराएका युवकको शव गेस्टहाउसमा फेला

    सिरहा । सिरहाको गोलबजारबाट केही दिन अगाडि हराएका एक युवकको शव विराटनगरको एक गेष्टहाउसमा फेला परेको छ ।

    विराटनगरको बसपार्कमा रहेको न्यू अप्सरा गेस्टहाउसमा युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शाान्तिराज कोइरालाले जानकारी दिए ।

    सिरहाको गोलबजार नगरपालिका-३ का १८ वर्षीय युवक अंशु सदायको शव गेष्टहाउसभित्रको कोठामा रहेको बक्स पलङभित्र फेला परेको हो ।

    असोज २६ गते गेष्टहाउसमा प्रवेश भएको देखिएको र सिरहाबाट अपहरण गरेको प्रहरी निरीक्षक कोइरालाले आशंका व्यक्त गरे । प्रहरीले उक्त घटनामा संलग्न भएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij