वेबटिभी खबर
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाइ भेट गरेकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार अपरान्ह पुगेर राजदूत यान्छीले राष्ट्रपति भण्डारीसँग बिदाइ शिष्टाचार भेटवार्ता गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार भेटमा उनीहरूबीच नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij