Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

सामुदायिक विद्यालयमा डिजिटल शिक्षणका लागि सम्झौता

सामुदायिक विद्यालयमा डिजिटल शिक्षणका लागि सम्झौता

  • 316
    SHARES
  • सामुदायिक विद्यालयमा डिजिटल शिक्षणका लागि सम्झौता

    काठमाडौं । सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौं महानगर र डिजिटल एन्ड वियोन्ड प्रालिबीच सम्झौता भएको छ ।

    images

    शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी र वियोन्डका प्रमुख कार्यकारी निर्देशक सगुन ढुङ्गानाबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    सम्झौताअनुसार, आगामी २ वर्षका वियोन्डले महानगरलाई गुगलबाट शैक्षिक क्रियाकलाप गर्न प्राप्त हुने सुविधा, सञ्चालन र व्यवस्थापनका लागि तालिमलगायत सहयोग सेवा निःशुल्क उपलब्ध गराउनेछ । वियोन्ड गुगलको नेपाल र दक्षिण एसियाली साझेदार संस्था हो ।

    सामुदायिक विद्यालयमा शिक्षण र सिकाइका लागि शिक्षकको डिजिटल क्षमता विकास गर्ने, विद्यार्थीलाई पढाउने, शिक्षण सिकाइ व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनेलगायत काम हुनेछन् । सो अवसरमा महानगरकी उपप्रमुख सुनिता डङ्गोलले डिजिटल प्रविधि प्रयोगको प्रत्यक्ष लाभ विद्यार्थीको शैक्षिक तथा मानसिक विकासमा हुनुपर्ने बताइन् ।

    कार्यक्रममा सहभागी वक्ताले काठमाडौं महानगरमा भएका सामुदायिक विद्यालयमा अध्ययन गर्ने ५० हजार विद्यार्थीको पहुँचमा एकै पटक डिजिटल साक्षरताको पहुँच पुर्‍याउनुपर्ने आवश्यकतामा जोड दिए ।

    वियोन्डका प्रमुख कार्यकारी निर्देशक ढुङ्गानाले सिकाइलाई आवश्यक पर्ने सामग्रीमा दबाब सिर्जना नगरी जटिल र सिर्जनशील सोच्न सक्ने बनाउन कार्यक्रम सञ्चालन गरिने बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology