Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

मंगल ग्रहमा यानको अवतरण, चीनको महत्वपूर्ण सफलता 

मंगल ग्रहमा यानको अवतरण, चीनको महत्वपूर्ण सफलता 

  • 830
    SHARES
  • मंगल ग्रहमा यानको अवतरण, चीनको महत्वपूर्ण सफलता 

    बेइजिङ । सात महिना अन्तरिक्षको यात्रा, तीन महिनासम्म मंगल ग्रहको कक्षमा परिक्रमा गरेर जुरोङ रोबट अन्तिम महत्वपूर्ण नौ मिनेटमा सफल अवतरण गरेपछि चीन मंगल ग्रहमा पुग्ने विश्वको दोस्रो देश बनेको छ ।

    images

    चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले जुरोङ रोभर शनिबार मंगलवार सफलतापूर्वक अवतरण गरेको जानकारी गराएको छ । छ चक्का भएको जुरोङ रोबट उक्त ग्रहको उत्तरी गोलार्द्धमा रहेको एउटा विशाल समथर भूभागमा अवतरण गर्ने लक्ष्य राखिएको थियो ।

    china.jpg

    बेइजिङ समयअनुसार उक्त यान शनिबार बिहान ७ बजेर १८ मिनेट जाँदा युटोपिया प्लेनेशियामा अवतरण गरेपछि राष्ट्रपति सी जिनपिङले विशेष सन्देशमार्फत बधाई दिएका छन् ।  एउटा सुरक्षा क्याप्सुल, एउटा प्यारासुट र एउटा रकेट प्लेटफर्मको सहायताले यान अवतरण गरिएको थियो ।

    जुरोङसँगै तिआन्वेन १ अर्बिटरलाई फेब्रुअरीमा मंगल ग्रहमाथि पुर्‍याइएको थियो । जुरोङलाई चीनमा अग्नि र युद्धका पौराणिक देवता मानिन्छ । २ सय ४० किलोग्राम तौल भएको यस यानले त्यहाँबाट मंगल ग्रहको तस्बिरहरु चीन पठाउनेछ ।

    mars.jpg

    मंगल ग्रह र पृथ्वीको दुरी हाल ३२ करोड किलोमिटर रहेकाले त्यहाँबाट रेडियो सन्देशहरु पृथ्वीसम्म आइपुग्न १८ मिनेट लाग्छ । यानले करिब ९० दिनसम्म त्यहाँको भूगर्भबारे अध्ययन गर्ने वैज्ञानिकहरुले बताएका छन् । 

    अन्तरिक्षमा चीनले आफ्नो क्षमता प्रस्तुत गर्दै आएको छ । हालैका वर्षहरूमा चीनले विश्वको पहिलो क्वान्टम स्याटेलाइट प्रक्षेपण गरेको थियो । यसले चन्द्रमामा अवतरण गर्दै त्यहाँका नमुनाहरु लिएर आएको थियो । चीनले अन्तरिक्षमा आफ्नो स्टेशन पनि निर्माण गर्दैछ ।

    अन्तरिक्ष स्टेसन बनाउन चीनको पहिलो रकेट प्रक्षेपण  अन्तरिक्ष स्टेसन बनाउन चीनको पहिलो रकेट प्रक्षेपण 

     

     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology