Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

लामो बिदाको असर : विद्यार्थीले पढाइ बिर्सिए

लामो बिदाको असर : विद्यार्थीले पढाइ बिर्सिए

  • 816
    SHARES
  • लामो बिदाको असर : विद्यार्थीले पढाइ बिर्सिए

    कैलाली/टीकापुर । टीकापुरकी नौ वर्षीया सम्झना विक कक्षा ४ मा अध्यनरत छिन् । उनले दसैँ र तिहारको एक महिनाको बिदापछि विद्यालय जाँदा पहिले पढेका धेरै कुरा बिर्सिसकेकी छिन् ।

    images

    ‘पढाइमा छोरी राम्रै थिइन्, फरर उच्चारण गरेर पढ्ने, लेखाइ पनि राम्रो थियो, एक महिना बिदामा गाउँ गयौँ’, सम्झनाकी आमा रत्ना विकले भनिन्, ‘अहिले त छोरी धेरै कुरा बिर्सिसकेकी छिन्, उनलाई आफ्नै कोर्ष नयाँ लाग्न थालेको छ ।’ उनले शिक्षकको सल्लाहमा छोरीले बिर्सेका कुरा अध्ययनका लागि अतिरिक्त कक्षा सुरु गरेको बताइन् ।

    लामो समय बालबालिका बिदामा बस्दा पहिले पढाइ भएका अधिकांश कुरा बिर्सने गरेको शिक्षक बताउँछन् । दसैँ र तिहारको एक महिना बिदापश्चात् यही कात्तिक १४ गतेदेखि विद्यालय पुनःसञ्चालन भएका छन् । विद्यालय आउँदा बालबालिकाले धेरै कुराहरू बिर्सेको सेतिमैया चौधरी माविका प्रधानाध्यापक पतिराम चौधरी बताउँछन् ।

    ‘बालबालिका बिदामा किताबबाट टाढा रहे, घरमा पढ्ने वातावरण भएन, अधिकांशले पहिला पढेका कुरा बिर्सिएको पाइयो’,उनले भनिन्, ‘अब पहिला पढेका कुरा पुनः सम्झाउने काम भइरहेको छ । साना कक्षाका बालबालिकामा यस्तो समस्या बढी पाइयो ।’

    मल्लिका विद्यापीठ टीकापुरका प्रधानाध्यापक टीकाराम आर्यको पनि यही गुनासो छ । हाल उनीसँग आश्रममा चार विद्यार्थी बस्दै आएका छन् । घरमा बस्दै आएका अन्य विद्यार्थी विद्यालय आउँदा पहिले पढाइ भएका धेरै कुरा बिर्सेर आएको र आफूसँगै आश्रममा बस्दै आएका विद्यार्थीको त्यस्तो समस्या नभएको उनी बताउँछन् ।

    ‘बिदामा पनि बालबालिकालाई नियमित पढ्न लगाउनुपर्छ,बिदामा बालबालिका कितावबाट टाढा रहेकाले यस्तो समस्या देखिएको हो’,उनी भन्छन्,‘यसरी महिनौँसम्म नपढेपछि साना बालबालिका बिर्सिन्छन् ।’

    जानकी गाउँपालिका–७ स्थित मोति मावि मोतिनगरका प्रधनाध्यापक दीपक दास यसको सबै अपजस शिक्षकमाथि आउने गरेको दुखेसो गर्छन् ।

    ‘विद्यालयमा हुँदा शिक्षक र घरमा रहँदा अभिभावकले ध्यान दिने हो, आफ्नो जिम्मेवारी महसुस गर्ने हो भने विद्यार्थीमा यस्तो कमजारी देखिँदैन’, उनी भन्छन्, ‘तर अभिभावकले खासै बालबालिकालाई समय दिएको देखिँदैन । एक महिनामा बालबालिका अधिकांश पढेका कुरा बिर्सेर आउँछन् ।’

    बिदाका समयमा विद्यार्थी नियमित पठनपाठन क्रियाकलपाबाट टाढा हुने हुँदा यस्तो बेला घरमा अभिभावकले निगरानी गरी विभिन्न शैक्षिक क्रियाकलापमा व्यस्त राख्न सके बालबालिका पठनपाठनमै व्यस्त हुन्छन् र नबिर्सने हुन्छन् । अब विद्यालयमा बालबालिकालाई पहिलेका कुरा सम्झने गरी दोहोर्‍याएर पढाउँदा केही हदसम्म पहिले पढाइ भएका कुराहरु सम्झन सक्ने जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडीको भनाइ छ ।

    ‘लामो बिदापछि विद्यालयले बालबालिकाको पढाइ सुधारका लागि दोहोर्‍याएर पढाउनु पर्छ,’ उनी भन्छन्,‘बिदामा गृहकार्य दिएको हुन्छ, अभिभावकले दिएको गृहकार्य गर्न सघाउने गरेको भए पनि सहज हुन्थ्यो ।’

    हरके वर्ष वर्षे, हिउँदे र दसैँ बिदामा लामो समय विद्यालय बन्द हुन्छ । विद्यालय बन्दपश्चात् विद्यालयमा पुनः पठनपाठन हुँदा विद्यार्थी पहिले पढाएका धेरै कुरा बिर्सेर आउने भएकाले लामो बिदाबारे पनि सोच्न आवश्यक रहेको अभिभावक बताउँछन् । कतिपय स–साना बालबालिकाहरूलाई त झन् शुन्यबाटै सुरु गर्नुपर्ने शिक्षकको गुनासो रहेकाले बिदाका समयमा घरमा अभिभावकले ध्यान दिन सके यो अवस्था नआउने शिक्षकको सुझाव छ ।

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology