Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

के हाे विद्यालयस्तरमा दिइने ‘माइन जोखिम’ सम्बन्धी शिक्षा ?

के हाे विद्यालयस्तरमा दिइने ‘माइन जोखिम’ सम्बन्धी शिक्षा ?

  • 286
    SHARES
  • के हाे विद्यालयस्तरमा दिइने ‘माइन जोखिम’ सम्बन्धी शिक्षा ?

    जुम्ला । नेपाली सेना नन्दाबक्स गण जुम्लाले विद्यालयस्तरमा पनि ‘माइन जोखिमसम्बन्धी शिक्षा’ दिन सुरु गरेको छ ।

    images

    यसअघि म्यादी प्रहरी र नागरिकलाई मात्रै शिक्षा दिँदै आएको सेनाले विद्यालयस्तरमा शिक्षा दिन सुरु गरेको गणपति रविन थापाले जानकारी दिए ।

    यहाँका पातारासी, गुठिचौर र सिञ्जा गाउँपालिकाका विद्यालयमा माइन जोखिमसम्बन्धी शिक्षा दिन सुरु गरिएको उनको भनाइ छ ।

    ‘मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै उपसेनानीको नेतृत्वमा शिक्षा दिन सुरु गरेका छौँ’, उनले भन ।

    थापाले जिल्लाका आठ सय ४३ म्यादी प्रहरीसहित नागरिकस्तरमा पनि शिक्षा पुर्‍याउने काम भइरहेको बताए ।

    गणका उपसेनानी सन्तोष केसीले चन्दननाथ नमूना माविका दुई सय ९० जना विद्यार्थीलाई ‘माइन जोखिमसम्बन्धी शिक्षा’ प्रदान गरिसकेको बताए ।

    ‘यस शिक्षाअन्तर्गत बम डिस्पोज कसरी गर्ने, शङ्कास्पद वस्तु भेटिएमा के गर्ने र आफू कसरी बच्नेबारे ज्ञान दिएका छौँ’, उनले भने । 

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology