Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

एनआरएनएले डोटी भूकम्पबाट पीडितलाई नगद सहयोग गर्ने

एनआरएनएले डोटी भूकम्पबाट पीडितलाई नगद सहयोग गर्ने

  • 502
    SHARES
  • एनआरएनएले डोटी भूकम्पबाट पीडितलाई नगद सहयोग गर्ने

    काठमाडौ‌ं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले डोटीमा भूकम्पबाट पीडितलाई ५ लाख रूपैयाँ सहयोग गर्ने भएको छ ।

    images

    गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघले परोपकारी तथा मानवकल्याणहितअन्तर्गत रहेर मृतक तथा घाइते भएका परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।

    डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण डोटीको पूर्वीचौंकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा ६ जनाको मृत्यु, ८ जना घाइते भएका छन् ।

    २८ घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी जिल्ला प्रशासन कार्यालय डोटीले गराएको छ । ती मध्ये १४ घर पूर्ण क्षति भएका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology