Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सञ्चार सेवा अवरूद्ध हुँदा समस्या

सञ्चार सेवा अवरूद्ध हुँदा समस्या

  • 367
    SHARES
  • सञ्चार सेवा अवरूद्ध हुँदा समस्या

    जुम्ला । पाँच दिनदेखि जुम्लाको सञ्चार सेवा अवरूद्ध हुँदा यहाँका स्थानीयवासीदेखि सरकारी तथा गैरसरकारी कार्यालयलाई समस्या भएको छ ।

    जिल्लाको सञ्चार सेवालाई थप सुधारका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीमार्फत दुरसञ्चारको केन्द्रीय कार्यालयमा ध्यानाकर्षण गराएको छ ।

    आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु सञ्चार जगतको मत्वपूर्ण भूमिका छ ।

    संघ र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा जुम्लामा एक सातादेखि सञ्चार सेवा अस्तव्यस्त भएको छ । इन्टरनेट सेवा र भ्वाइसकल पूर्णरूपमा अवरूद्ध भएको छ भने नेटवर्क आउने र जाने समस्याले उपभोक्तालाई समस्या भएको हाे ।

    भ्वाइसकल र इन्टरनेट सेवा अवरूद्ध हुँदा चुनावी गतिविधि प्रकाशनलगायतका काम प्रभावित भएका छन् । भ्वाइसकलमा कुरा नबुझिने, फोन नलाग्ने, नाम मात्रको फोर जी देखिने टु जी बजारको काम नगर्ने समस्याले उपभोक्ता मारमा परेका हुन् ।

    असोज अन्तिम साताको विपद्ले प्रभावित भएको टेलिफोन तथा इन्टरनेट सेवा मर्मतपछि सञ्चालनमा आए पनि पटक-पटक अवरूद्ध हुँदा नागरिकले सास्ती पाएको जनगुनासो बढेको छ ।

    सञ्चार सेवा अस्तव्यस्त भएको गुनासोपछि नेपाल पत्रकार महासंघले बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम शाखा जुम्ला र निर्वाचन आयोगलाई विज्ञप्ति बुझाउँदै सञ्चार सेवा सुधारका लागि ध्यानाकर्षण गराएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘जिल्लामा फोर जी सेवा सञ्चालन भए पनि टु जी जस्तो सेवा छ । टेलिफोन र इन्टरनेट सेवा पटकपटक अवरूद्ध हुँदा सरकारी तथा गैरसरकारी कामकाज, निर्वाचन तयारीको काम र सञ्चारगृह प्रत्यक्ष प्रभावित भएका छन् । उपभोक्ता मारमा परेको गुनासो बढेको छ । समस्या पहिचान गरी यथाशक्य समाधान गरी सेवा प्रवाह गर्न ध्यानाकर्षण गर्दछौँ ।’

    प्रमुख जिल्ला अधिकारी केसरीले जुम्लाको सञ्चार सेवा दयनीय भएकाले सुधारका लागि पहल भइरहेको बताए । क्षमता कम र प्रयोगकर्ता बढी हुँदा समस्या आएकाले चिमारा र माइथाप्लामा क्षमता वृद्धिका लागि काम भइरहेको उनको भनाइ छ ।

    पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीले चुनाव नजिकिँदै गर्दा जुम्लामा सञ्चार सेवा अवरूद्ध हुँदा सबै गतिविधि प्रभावित भएको जानकारी दिए ।

    नेपाल टेलिकम कार्यालयका प्रमुख रामचन्द्र श्रेष्ठले चिमरा टावरको आइडियु र ओडियु प्रणालीमा समस्या आएको बताए । नयाँ मेसिन जडानको काम भइरहेको टेलिकमले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij