Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

कोरोना संक्रमणबाट वरिष्ठ साहित्यकार सुवेदीको निधन

कोरोना संक्रमणबाट वरिष्ठ साहित्यकार सुवेदीको निधन

  • 593
    SHARES
  • कोरोना संक्रमणबाट वरिष्ठ साहित्यकार सुवेदीको निधन

    काठमाडौं । वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना संक्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ । 

    images

    उनको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । 

    वि.सं २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन् ।

    त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापक गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्वअध्यक्ष तथा महाप्रबन्धक थिए । 

    नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा.जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ ले सुवेदीको निधनले साहित्यका क्षेत्रले ऊर्जाशील व्यक्तित्व गुमाएको र अपुरणीय क्षति भएको बताए ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology