Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

म पोखरेली जनताको साझा उम्मेदवार हुँ : श्रीनाथ बराल [अन्तर्वार्ता]

म पोखरेली जनताको साझा उम्मेदवार हुँ : श्रीनाथ बराल [अन्तर्वार्ता]

  • 376
    SHARES
  • म पोखरेली जनताको साझा उम्मेदवार हुँ : श्रीनाथ बराल [अन्तर्वार्ता]

    श्रीनाथ बराल कास्की-२ मा एकीकृत समाजवादीका उम्मेदवार हुन् । पार्टीको पोलिटब्युरो सदस्यसमेत रहेका बराल सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । उनले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा कास्की-२ बाट एमालेका रवीन्द्र अधिकारीलाई विजयी गराउन भूमिका खेलेका थिए । अहिले यहाँ एमालेकी विद्या भट्टराई उनकी प्रतिस्पर्धी हुन् । उनै श्रीनाथसँग गरिएको कुराकानीको अंश

    images

    चुनावको मिति नजिकिँदै गएको छ । ढुक्ढुकी कत्तिको बढेको छ ?

    ढुकढुकी कत्ति पनि बढेको छैन । कास्कीमा हामीले नै बनाएको मजबुद्ध संगठन र पाँच दलीय गठबन्धनका कारण म जितको नजिक छु । राम्रो भएको छ । जति चुनाव नजिकिँदै छ, हामी त्यही उत्साहित छौँ ।

    सधैँ एमाले उम्मेदवार जिताउन लागि परेको तपाईं यसपटक आफै उम्मेदवार हुनुहुन्छ । टिकट पाउनलाई पार्टी नै परिवर्तन गर्नु पर्‍यो है ?

    होइन । एउटा परिस्थितिले त्यस्तो हुन पुग्यो । एमालेमा रहँदा मलाई अन्याय भएको थियो । तर अहिले काम गरेर देखाउने बेला आएको छ । अहिले सबै दलका नेता कार्यकर्ताहरूको साथ समर्थन मलाई छ ।

    एमालेजनहरूले पनि मलाई नै माया गर्नुहुन्छ । सबैको मतले बहुमत ल्याउँछु । 

    घरदैलोका क्रममा मतदाताहरू के भन्छन् त ?

    उनीहरूको भनाइबाट एकदमै उत्साही छु । सबैले माया गर्नुभएको छ । हामीसँग विश्वास खोजिरहनु भएको छ, जसको म सम्मान गर्छु ।

    यसपालिको मत परिणाम पनि स्थानीय चुनावको जस्तै आउँछ भन्ने लागेको छ ?

    कास्कीमा हाम्रो संगठन मजबुत छ । पार्टी र पाँच दलीय गठबन्धन नै कास्कीमा सशक्त भएकाले यसपालिको मत परिणाम पनि स्थानीय चुनावको जस्तै आउँछ भन्ने लागेको छ  । 

    तपाईंको चुनाव जित्ने मुख्य आधार के-के हुन् ?

    मुख्य आधार भनेको त सत्ता गठबन्धन नै हो । दोस्रो हाम्रा एजेण्डाप्रति पोखरेलीहरू खुसी छन् । अर्को आधार भनेको यहाँका दाजुभाइ तथा दिदीबहिनीहरूको अपार माया हो ।

    जुन मायालाई मैले वर्षौंवर्षसम्म सम्झेर मेरो क्षेत्रमा मात्रै नभई समग्र कास्की र देशकै भलो हुने काम गर्नेछु । मैले विगतमा अझ भनौँ ४० वर्षसम्म यो क्षेत्रमा गरेको योगदानको कदर गर्दै उहाँहरुले कलममा मतदान गर्नुहुन्छ भन्ने मेरो पूर्ण विश्वास छ ।

    महंगी न्युनीकरण गर्ने विषयमा यहाँका योजना के के छन् ?

    महंगी नियन्त्रण र समृद्धि मेरो एजेन्डा हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology