Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

एमालेको सरकार बने श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याइने 

एमालेको सरकार बने श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याइने 

  • 2.2K
    SHARES
  • एमालेको सरकार बने श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याइने 

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद रिमालले एमालेको सरकार बनेमा श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने बताएका छन् ।

    images

    आज नेपाल ट्रेड युनियन महासंघले ५औँ सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले एमाले सरकारमा नभएमा श्रमिकको पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउन आन्दोलन गर्ने बताएका हुन् ।

    उपमहासचिव रिमालले एमालेको पपुलर भोट ३२ लाख पुग्ने र पपुलर भोटमा एमाले पहिलो पार्टी बन्ने दाबी समेत गरे ।

    उपमहासचिव रिमालले आफूहरू सरकारमा रहेमा औपचारिक क्षेत्रका सतप्रतिशत श्रमिकहरूलाई सामाजिक सुरक्षामा ल्याउने पनि उल्लेख गरे ।

    ५ वर्षभित्रमा अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरूलाई पनि सामाजिक सुरक्षा प्रणालीभित्र ल्याउने उनको भनाइ छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology