Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

इन्द्र चौधरीको नयाँ चित्रकथा ‘नयाँ बनपाले’ 

इन्द्र चौधरीको नयाँ चित्रकथा ‘नयाँ बनपाले’ 

  • 405
    SHARES
  • इन्द्र चौधरीको नयाँ चित्रकथा ‘नयाँ बनपाले’ 

    काठमाडौं । सञ्चारकर्मीसमेत रहेका रंगकर्मी इन्द्र चौधरीको बालकथा ‘नयाँ बनपाले’ ‘चित्रकथा’ सार्वजनिक भएको छ । बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था रुम टु रिडले सो बालकथा प्रकाशन गरेको हो ।

    images

    वर्तमान समयमा जलवायु परिवर्तनको समस्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । सो समस्यालाई न्यूनीकरण गर्न बालबालिकालाई सानैदेखि वातावरण संरक्षणसम्बन्धी ज्ञान वा चेतना जगाउने उद्देश्यले यो बालकथा सिर्जना गरिएको लेखक चौधरीले बताए ।

    ‘यसको मुख्य विषयवस्तु वातावरण संरक्षण कसरी गर्नुपर्छ भन्ने नै हो’, चौधरीले भने, ‘यस विषयमा बालबालिकालाई सानैदेखि जलवायु परिवर्तनको समस्या बुझाउन र वातावरण संरक्षण गर्न उत्प्रेरित गर्नु हो ।’

    लेखक चौधरीका अनुसार रानाथारू जातिमा प्रचलित एक लोककथाबाट विषयवस्तु तथा पात्रलाई लिएर यो बालकथा सिर्जना गरिएको हो । ‘यसमा रानाथारू जातिमा प्रचलित लोककथाका पात्र र विषयवस्तुलाई बालशैलीमा ढालेर सरल भाषामा नयाँपन ल्याइएको छ’, उनले भने । 

    अनन्तः वाग्लेको सम्पादन रहेको यस बालकथाको चित्र अनुश्री लामाले बनाएकी हुन् भने यसको डिजाइन विपिन सोडारीले गरेका हुन् । सम्पादक वाग्लेले अहिलेको जल्दोबल्दो समस्या जलवायु परिवर्तनको कारण के हो ? भन्नेबारे जानकारी दिन र यसलाई जोगाउन के गर्नुपर्छ भन्नेबारे बालबालिकालाई सचेत गराउन यो बालकथाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।  

    रंगकर्मी र पत्रकारका रूपमा काम गरिरहेका चौधरीले यो पुस्तक प्रकाशनसँगै बालकथाकारका रूपमा अर्को परिचय थपेका छन् । यो उनको यो दोस्रो बालकथा हो भने पुस्तकाकारका रूपमा प्रकाशित पहिलो बालकथा हो । यसअघि उनको द एसिया फाउन्डेसनद्वारा ‘ढोला फर्कियो त ?’ नामक बालकथा प्रकाशित छ । जुन लेट्स रिड नेपालको वेबसाइटमा पढ्न सकिन्छ ।

    त्यसैगरी चौधरीको नेपाल प्रज्ञा प्रतिष्ठानबाट ‘रानाथारू समुदायमा प्रचलित लोककथा तथा मिथक’ नामक अनुसन्धानात्मक पुस्तक पनि प्रकाशित छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology