Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

मधेस प्रदेशमा सिके राउतकाे पार्टीले माग्याे मुख्यमन्त्री

मधेस प्रदेशमा सिके राउतकाे पार्टीले माग्याे मुख्यमन्त्री

  • 1.3K
    SHARES
  • मधेस प्रदेशमा सिके राउतकाे पार्टीले माग्याे मुख्यमन्त्री

    काठमाडौं । मधेस प्रदेशमा सरकार निर्माणका लागि सिके राउत नेतृत्वको जनमत पार्टी निर्णायक बनेको छ । प्रत्यक्षतर्फ ६ सिट जितेको जनमतले समानुतिकतर्फ पनि ६ भन्दा बढी सिट ल्याउने देखिएको छ ।

    images

    १०७ सदस्ययीय प्रदेश सभामा सरकार बनाउन कम्तीमा ५४ सिट चाहिन्छ । बहुमत कसैको छैन ।

    सरकार निर्माणमा जनमत पार्टी निर्णायक रहेकाले उक्त पार्टीका नेताहरूसँग शुभकामना आदानप्रदान र सहकार्यको विषयमा छलफल चलिरहेको कांग्रेसका एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

    जनमत पार्टीले प्रदेश सरकारमा सहभागी हुन मुख्यमन्त्री दाबी गरेको छ । जनमतका केन्द्रीय सदस्य बीपी साहले एमाले वा कांग्रेसमध्ये जनमतको नेतृत्व स्वीकार गर्ने पार्टीसँग गठबन्धन गर्ने पार्टीको अडान रहेको बताए ।

    उनले भने, ‘हाम्रो पार्टीले सरकारको नृतत्व गर्छ । अन्य दलहरूसँग पनि कुराकानी भइरहेको छ ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology