Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

विश्वकप फुटबल : नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश

विश्वकप फुटबल : नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश

  • 265
    SHARES
  • विश्वकप फुटबल : नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन् ।

    images

    गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् । नेदरल्यान्डस समूह ‘ए’ को विजेता र सेनेगल उपविजेताका रूपमा अन्तिम १६ मा पुगेका हुन् । यस समूहबाट आयोजक कतार र इक्वेइडर प्रतियोगिताबाट बाहिरिएका छन् ।

    कतारको अलबायत स्टेडियमा घरेलु टोली कतारलाई २–० गोलअन्तरले पराजित गर्दै नेदरल्यान्ड्स विजयी भयो । खेलको २६औँ मिनेटमा नेदल्यान्ड्सका कोडी गाप्कोले गोल गर्दै सुरुआती अग्रता लिए । खेलको पहिलो हाफसम्म एक शून्य गोलले अग्रता लिएको नेदरल्यान्ड्सले खेलको दोस्रो हाफमा पनि एक गोल थप्यो । खेलको ४८औँ मिनेटमा नेदरल्यान्ड्सका अर्का खेलाडी फ्रेन्की डे जोङले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । यससँगै नेदरल्यान्ड्सले तीन खेलमा सात अङ्क जोड्यो ।

    यसैगरी कतारको खलिफा रङ्शालामा गए राति नै भएको अर्को खेलमा सेनेगलले इक्वेडरलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । सेनेगल यस विश्वकपमा नकआउट चरण पुग्ने पहिलो अफ्रिकी राष्ट्रसमेत बन्यो । खेलको पहिलो हाफको अन्त्यतिर सेनेगलले पेनाल्टीमार्फत अग्रता लियो ।  इस्माएला सारले खेलको ४४औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै सेनेगललाई पहिलो अग्रता दिलाए । पिएरो हिन्कापीले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले सेनेगललाई पेनाल्टी दिएको थियो ।

    त्यस्तै खेलको दोस्रो हाफको ६८औँ मिनेटमा इक्वेइडरका मोइसेस काइसेडोले एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्याएका थिए । तर खेलको ७०औँ मिनेटमा सेनेगलका कालिडु कौलीबालीले एक गोल थप्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । सेनेगलले तीन खेलमा दुई जितसहित छ अङ्क जोड्यो । यता इक्वेइडर चार अङ्कसहित तेस्रो तथा कतारबिना अङ्क चौथो स्थानमा रह्यो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology