Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

मदरसामा शक्तिशाली विस्फोट, १६ जनाको मृत्यु

मदरसामा शक्तिशाली विस्फोट, १६ जनाको मृत्यु

  • मंसिर १५, २०७९ बिहिवार ०७:३७ बजे
  • 294
    SHARES
  • मदरसामा शक्तिशाली विस्फोट, १६ जनाको मृत्यु

    इस्लामाबाद । अफगानिस्तानको उत्तरी सहर अयबाकमा रहेको एउटा मदरसामा भएको विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन् ।

    images

    गत वर्ष अगस्टमा तालिबान सत्तामा फर्किएपछि सर्वसाधारणलाई लक्षित गरी दर्जनौं विस्फोट र आक्रमणहरू भएका छन् । अधिकांश आक्रमणको जिम्मा इस्लामिक स्टेट (आईएस) समूहले लिएको छ ।

    राजधानी काबुलबाट करिब २०० किलोमिटर ९१३ (माईल) उत्तरमा रहेको अयबाकका एक डाक्टरले मारिनेमा अधिकांश युवा रहेको बताए । ‘उनीहरू सबै बालबालिका र साधारण मानिस हुन्’ ती चिकित्सकको भनाई उद्धृत गर्दै  एएफपीले जनाएको छ ।

    एक प्रान्तीय अधिकारीले इस्लामिक धार्मिक विद्यालय अल जिहाद मदरसामा विष्फोट भएको पुष्टि गरे । बारम्बार हताहतको तथ्यांक घटाउने तालिबानले १० विद्यार्थीको मृत्यु भएको र कयौँ घाइते भएको जनाएको छ ।

     

     

  • सम्बन्धित विषय:

  • # विस्फोट

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology