Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

विश्वकप फुटवल : ब्राजिल र स्वीजरल्यान्डको नकआउट चरणमा प्रवेश

विश्वकप फुटवल : ब्राजिल र स्वीजरल्यान्डको नकआउट चरणमा प्रवेश

  • मंसिर १७, २०७९ शनिवार ०७:४९ बजे
  • 325
    SHARES
  • विश्वकप फुटवल : ब्राजिल र स्वीजरल्यान्डको नकआउट चरणमा प्रवेश

    काठमाडौं । ब्राजिल र स्वीजरल्याण्ड फिफा विश्वकप फुटबल २०२२ को नकआउट चरणमा प्रवेश गरेका छन् ।

    images

    कतारमा भइरहेको खेलमा ब्राजिल क्यामरुनसँग पराजित भए पनि अंकको आधारमा नकआउट चरणमा प्रवेश गरेको हो । क्यामरुनले १–० गोलको अन्तरमा ब्राजिललाई जितेको थियो । खेलको इन्जुरी समयमा क्यामरुनका लागि भिन्सेन्ट अबोउबाकारले गोल गर्दै क्यामरुनलाई जीत दिलाए । यद्यपि क्यामरुनका लागि यो जीत अन्तिम १६ मा पुग्नका लागि पर्याप्त भएन ।

    दोस्रो खेलमा स्वीजरल्याण्डले सर्वियालाई ३–२ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भयो । स्वीजरल्याण्डका लागि जेहेर्दान साकिरीले २०औं मिनेटमा गोल गर्दै अग्रता दिलाए भने सर्वियाका लागि एलेक्जेनडर मितरोभिकले २६औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

    साथै, ३५औं मिनेटमा सर्बियाका लागि दुसान भोल्होभिकले गोल गर्दै २–१ गोल अन्तरले सर्बियालाई अग्रता दिलाए पनि स्वीजरल्याण्डका लागि खेलको ४८औं मिनेटमा ब्रिल एम्बोलो र रेमो फ्रेउलेरले क्रमशः ४४औं र ४८औं मिनेटमा गोल गरे । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र स्वीजरल्याण्ड जीतसँगै नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology