Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

ढुंगाखानीले ढुंगामाटो जथाभावी फाल्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढुंगाखानीले ढुंगामाटो जथाभावी फाल्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

  • 400
    SHARES
  • ढुंगाखानीले ढुंगामाटो जथाभावी फाल्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

    खोटाङ । खोटाङमा ढुंगाखानीको ढुंगामाटो जथाभावी फाल्दा मध्यपहाडी लोकमार्गमा अवरोध पुगेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डका विभिन्न ठाउँमा सडकमाथिका ढुंगाखानीबाट निस्किएको ढुंगामाटो जथाभावी मिल्काउँदा सडकमा अवरोध खडा भएको हो । 

    images

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाको ढिकुरे, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा लगायतका स्थानमा सडकमाथिबाट ढुंगा निकाल्ने क्रममा निस्किएको ढुंगामाटो यत्रतत्र मिल्काउँदा सवारी आवागमनमा अवरोध पुगेको हो । सडकमा थुप्रिएको ढुंगामाटोले सडक दुर्घटनाको जोखिम बढाएको छ । सवारी आवागमनमा अवरोध पुगे पनि सडकमा थुप्रिएको ढुंगा माटो पन्छाउनमा कसैको ध्यान नपुगेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका स्थानीय गजेन्द्र राईले बताए 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology