Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

सडकमा शव राखेर प्रदर्शन

सडकमा शव राखेर प्रदर्शन

  • 323
    SHARES
  • सडकमा शव राखेर प्रदर्शन

    बारा । गत बिहीबार भएको सवारी दुर्घटनामा घाइते भएका बारा जितपुरसिमरा उपमहानगरपालिका-५ का ३५ वर्षीय विजयी माझीको उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो ।

    images

    उपचारमा लागेको खर्च तिर्न नसकेका कारण चार दिनदेखि उनको शव वीरगन्जस्थित अस्पतालमै थियो । चन्दा संकलन गरेर स्थानीयले आज शवको पेष्टमार्टम गरि सडकमा शव राखेर प्रदर्शन गरेका छन् ।

    स्थानीय र माझीका आफन्तहरूले जितपुरसिमराको सडकमा अवरोध गर्दै प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरूले ठक्कर दिने सवारीसाधन प्रहरीले नखोजेको आरोप लगाएका छन् ।

    माझीको मृत्यु सोही दिन साँझ पाँच बजेतिर न्युरो अस्पताल वीरगन्जमा भएको हो । पथलैया-निजगढ सडक खण्डमा दाउरा लिएर आउने क्रममा सेतो रंगको सवारी साधनले साइकलमा सवार माझीलाई ठक्कर दिँएको थियो । ठक्कर दिने सवारी साधनको पहिचान हुन सकेको छैन ।

    घाइते माझीलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भए पनि रकम अभावका कारण उनको शव अस्पतालमै रहेपछि स्थानीयले चन्दा संकलन गरेर करिब एक लाख ८० हजार रूपैयाँ अस्पतालमा भुक्तानी गरेर आइतबार जिल्ला अस्पताल कलैयामा पोस्टमार्टम गरि आज शवसहित सडकमा प्रदर्शन गरेका हुन् ।

    पूर्ववडा अध्यक्ष मोहित चौधरीका अनुसार मृतक माझीका चारजना छोरा/छोरी छन् । दुर्घटना भएको चार दिनसम्म पनि प्रहरीले फरार गाडी फेला नपारेपछि बाध्य भएर शव सडकमै ल्याएर आन्दोलन गर्नु परेको उनले बताए ।

    आक्रोशित भिडले सडकमा अवरोध गर्दा करिब एक हजार सवारीसाधन सडकमा अलपत्र परेका छन् । उनीहरूले नाराबाजी र प्रदर्शन गरिरहेका छन् । आन्दोलनमा उत्रिएकाहरूले जितपुर चोकमा सवारीसाधन अवरुद्ध पारेका छन् ।

    1.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology