Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु

अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु

  • 333
    SHARES
  • अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु

    नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा पालिकास्तरीय खेल सुरु भएको छ । मंगलबार गाउँपालिकाले एक कार्यक्रमबीच खेलको उद्घाटन गर्दै चौथो पालिकास्तरीय खेल सुरु गरेको हो ।

    images

    यो प्रतियोगिता धेरै पहिलादेखि विद्यालय स्रोत केन्द्रको पहलमा हुँदै आएको थियो तर अब स्थानीय सरकार आइसकेपछि पालिकाले आफ्नै आयोजनामा खेल गराउँदै आएको छ ।

    यस प्रतियोगितामा आधारभूत र प्रावितर्फका विद्यालयले सहभागिता जनाएका छन् । आधारभूततर्फ सरकारी निजी गरी २९ विद्यालयले सहभागिता जनाएका छन् ।

    प्रावितर्फ २२ विद्यालय रहेका छन् । प्रतियोगितामा क्रमशः एक सय, दुई सय गरी एक हजार पाँच सय मिटरसम्मको दौड रहेको छ । शटफुट, थ्रो, लङ्ग जम्प, हाई जम्प, ट्रिपल जम्प ज्याभलिन थ्रो र बैडमिन्टल खेल रहेको आयोजकले जनाएको छ ।

    प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले स्वस्थ रहन खेल आवश्यक भएको बताए । ‘खेलले एउटा छुट्टै पहिचान बोकेको छ जसबाट व्यक्तिगत र समाजिक क्षेत्रको पनि विकास हुन्छ’, उनले भने । यस्ता खेललाई पालिका सधैँ आफ्नो प्राथमिकतामा राखेर अगाडि बढ्ने उनले आश्वासन दिए ।

    त्रिभुवन मावि बेलाटारीमा सुरु भएको खेल प्रतियोगितमा विद्यालयले एउटा फरक अभ्यास पनि प्रस्तुत गरेको छ । सो विद्यालय मै सिटिइभिटीको अध्यापन पनि गराइन्छ । उक्त क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरूले विज्ञान प्रविधिको पनि प्रदर्शनी गरेका थिए ।

    उनीहरूले मोबाइलबाटै कन्ट्रोल गर्न सक्ने बत्ती, घरको गेट, पङ्खालगायतका प्रविधि प्रस्तुत गरेका हुन् । बिजुली कसरी उत्पादन हुने र हाम्रो घरसम्म कसरी पुर्‍याइन्छ त्यसको बारेमा प्रदर्शनीमा देखाएका थिए ।

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology