बाल शिक्षकहरूलाई परिश्रम अनुसार तलब नदिएको भन्दै आन्दोलन चर्किदै छ । हामी दुईवटै काम गरिरहेका छौं । बालबालिकाको सर्वाङ्गीण विकासका लागि पूर्व तयारी गरिन्छ ।
रातभरी घरमा शैक्षिक सामग्री बनाई १ घण्टा १५ मिनेटको बाटोमा शैक्षिक सामग्री बोकेर बालकक्षामा जान्छौं । देशभरका बालशिक्षकलाई तालिमको व्यवस्था छैन । धेरै जसो बाल शिक्षकहरूलाई बालबालिकालाई कसरी शिक्षण गर्ने भन्ने विषयमा पनि थाहा छैन ।
के बच्चा जन्माएर रोडमा फालियो भने आफैं बच्चा हुर्किन सक्छ । सरकार बच्चालाई पालनपोषण दिन त बच्चा आमा दुबैलाई स्याहासुसार गर्नुपर्छ ।
अस्वस्थ हुँदा पनि अस्पतालको बेडमा बसेर छटपटाउँदा समित आफ्नो स्वार्थभन्दा यही बालबालिकाको माया बढी लाग्छ । हामीलाई विद्यालयमा बच्चा आएकी आएन होला ? कतै बच्चाहरू लड्छ्न्, कतै बालबालिकाको सर्वाङ्गीण विकासमा कमी हुने होकी ? यस्ता यावत् कुराहरूले पिरोलिन्छ ।
तर जति बालविकासमा बालबालिकाको लागि राम्रो काम गरे पनि बाल शिक्षकलाई पारिश्रमको मूल्यांकन गरिएन । कुहिएको आलु र नकुहिएको आलु एउटै दर्जामा राखेर तुलना गरियो ।
पीडा त लाग्छ यो सम्पूर्ण बालशिक्षकको गुनासो हो तर पनि आफ्नो काम कर्तव्य र बालबालिकाको सर्वाङ्गीण विकास गराउनमा ठग्ने काम गर्नुहुन्न ।बालबालिकाको भविष्य उज्वल बनाउन हामी बाल शिक्षकहरू निरन्तर लागिरहनु पर्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology