Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

चीनको जुरोङ रोभर पहिलोपटक मंगल ग्रहको सतहमा गुड्यो  

चीनको जुरोङ रोभर पहिलोपटक मंगल ग्रहको सतहमा गुड्यो  

  • 819
    SHARES
  • चीनको जुरोङ रोभर पहिलोपटक मंगल ग्रहको सतहमा गुड्यो  

    बेइजिङ । मंगल ग्रहको सतहमा चीनको रोबोटिक रोभर सफलतापूर्वक गुडेको छ । चीनको सरकारी पत्रिका द ग्लोबल टाइम्सले ट्विट गर्दै मंगल ग्रहमा यान गुडाउने चीन विश्वको दोस्रो देश बन्दै यसमा सफल भएको जनाएको हो । जुरोङ रोभरका विशेषज्ञले यानले ग्रहमा पुगेर काम गर्न थालेपछि अन्तरिक्षमा अमेरिकाको एकाधिकार समाप्त भएकाे प्रतिक्रिया दिएका छन् । 

    images

    चिनियाँ समयाअनुसार शनिबार बिहान १०ः ४० मा मंगल अन्तरिक्ष अभियानको ल्यान्डरबाट जुरोङ रोभर निस्किएर मंगल ग्रह सतहको यात्रा सुरु गरेको उक्त पत्रिकाले लेखेको छ । समाचार एजेन्सी रोयटर्सले पनि चीन पहिलोपटक मंगल मिसनको क्रममा त्यहाँ पुगेर सफलतापूर्वक काम गर्न सुरु गरेको उल्लेख गरेको छ ।

    मे १५ मा सतहमा अवतरण गरेको जुरोङले मंगल ग्रहमा खिचेका पहिलो तस्बिर बुधबार सार्वजनिक गरेको थियो । मंगल ग्रहको उत्तरी गोलार्धमा उत्रिएको छ पाङ्ग्रे सो यानले कम्तीमा उक्त ग्रहमा ९० दिन बिताउने विश्वास चिनियाँ वैज्ञानिकहरूले गरेका छन् ।

    सौर्य ऊर्जाबाट चल्ने जुरोङको २४० किलो तौल रहेको छ । यानको अग्लो भागमा राखिएको क्यामेराले तस्बिर लिनुका साथै यानलाई यताउता जान पनि सहयोग गर्छ । पाँच उपकरण जोडिएको उक्त यानले त्यहाँको चट्टान र मौसमको अध्ययन गर्नेछन् । 

    मंगल ग्रहमा आफ्नो अन्तरिक्ष यान सफलतापूर्वक अवतरण गर्ने अमेरिकापछि चीन दोस्रो देश बनेको छ । यद्यपि सोभियत संघले त्यहाँ सन् १९७१ मा यान अवतरण गरे पनि त्यसको केही सेकेन्डपछि सम्पर्कविच्छेद भएको थियो ।

    चिनियाँ यानले मंगल ग्रहमा खिचेका तस्बिर सार्वजनिक चिनियाँ यानले मंगल ग्रहमा खिचेका तस्बिर सार्वजनिक मंगल ग्रहमा यानको अवतरण, चीनको महत्वपूर्ण सफलता  मंगल ग्रहमा यानको अवतरण, चीनको महत्वपूर्ण सफलता 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology