वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अँध्यारो कोठाभित्र बसेर आलोपालो सरकार भनिए त्यसलाई नमान्ने चेतावनी दिएका छन् ।
संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले भने ‘अर्को पार्टीसँग कुनै समझदारी गर्छ भन्यो भने पार्टीसँग संस्थागत भए कांग्रेसले बोक्छ नभए आलोपालो भन्ने अँध्यारो कोठाभित्र गरिए कांग्रेसले बोक्दैन । हामी मान्दैनौँ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij