वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापा पराजित भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाविरूद्ध उम्मेदवारी दिएका थापा पराजित भएका हुन् ।
बुधबार बिहान भएको निर्वाचनमा सभापति देउवाले ६४ मत पाउँदा महामन्त्री थापाले २५ मत मात्र पाए ।
शेखर कोइराला समूहको समर्थनमा दलको नेतामा उम्मेदवारी दिएका थापालाई सोही समूहका ६ जना सांसदले समेत मत नदिएको पाइएको छ ।
शेखर कोइराला समूहमा रहेका ३१ सांसद र कृष्ण सिटौला समूहका प्रदीप पौडेल समेतले थापालाई समर्थन गरेका थिए ।
यद्यपी आफ्नै पक्षका सांसद्ले समेत थापालाई पत्याएको देखिएन । सभापति देउवाले कोइराला र सिटौला पक्षको मतसमेत पाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij